२५५ बैंक तथा वित्तीय संस्था मर्जरमा सामेल
२८ फाल्गुन २०७९, आईतवार १२:५९
काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को माघ मसान्तसम्म कुल २५५ बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा सामेल भएका छन् । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७९ माघ मसान्तसम्म कुल २५५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका हुन् ।
राष्ट्र बैंकले चैत मसान्तभित्र बैंक तथा वित्तीय संस्थालाई एकआपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जान दबाद दिएसँगै सो अवधिसम्म साढे २ सय बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा सामेल भएका हुन् । सोमध्ये १८३ संस्थाहरुको इजाजत खारेज हुन गई ७२ संस्था कायम भएका छन् ।