ग्लोबल आइएमई लघुवित्तका सिइओ हरिकृष्ण जोशीले कति बुझे तलव भत्ता ?

२८ फाल्गुन २०७९, आईतवार १२:५९

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बेष्ट रिसोर्ट नेपाल प्रालि लेकसाइड पोखरामा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट १२ प्रतिशत बोनश शेयर र ८ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले पारित विवरण अनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले ४० लाख ८७ हजार ७ सय ७७ रुपैयाँ तलब तथा भत्ता बापत बुझेका छन् । साथै, लेखापरिक्षक राजन अधिकारीले १ लाख ६५ हजार रुपैयाँ लिएका छन् ।

कम्पनीका अध्यक्ष बुद्धि अकेलाले २० वटा उपस्थित बैठक सहित पारिश्रमिक, भत्ता तथा सुविधा बापत १ लाख ४४ हजार ५ सय रुपैयाँ भुक्तानी गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*