सिलिकन भ्याली बैंकका सिईओ ग्रेगरको एउटा आत्मघाती निर्णय, जसले ४८ घण्टामा टाट पल्टियो बैंक

२८ फाल्गुन २०७९, आईतवार ०९:५८

काठमाडौं । बैंकका व्यवस्थापकहरु निकै रणनीतिक, योजनाकार र भविष्यद्रष्टा हुनुपर्दछ । अन्यथा सिलिकन भ्यालीका सिईओ ग्रेग बेकरकै शैलीमा ४८ घण्टाभित्रैमा बैंक टाट उल्टिन समय लाग्ने रहेनछ । नेपाली बैंकहरुमा को कति भविष्यद्रष्टा छन्, जोखिम विश्लेषण गरेर निर्णय हुन्छ कि हुँदै स्वयम् बैंकहरुले नै मूल्याङ्कन गर्ने कुरा हो । हालै अमेरिकामा सिलिकन भ्याली बैंक टाट उल्टिनुको पछाडि सिईओ ग्रेग बेकरको एउटा आत्मघाती निर्णय नै काफी भएको तथ्य उजागर भएको छ ।

न्यूयोर्क टाईम्सका अनुसार सिलिकन भ्याली बैंक व्यवस्थापनले २१ बिलियन डलर (२७ खर्ब ७२ अर्ब नेपाली रुपैयाँ) मूल्यको बण्ड १.८ बिलियन डलर (नेपाली रुपैयाँ दुई खर्ब ३७ अर्ब) घाटामा बिक्री गर्ने निर्णयलाई आत्मघाती र बैंक टाट पल्टिन मुख्य भूमिका खेल्ने निर्णय भनेर उल्लेख गरेको छ । उक्त बण्ड निकै सस्तोमा बिक्री गर्ने निर्णय गरेकोले सर्वसाधारणले विभिन्न बैंकहरुबाट धमाधम पैसा झिकेर उक्त बण्ड किन्न सुरु गरेका थिए । जसको परिणाम सिलिकन भ्याली बैंकबाटै पनि करोडौं डलर झिकियो । सिलिकन भ्याली बैंककै ग्राहकरुले आफ्नो पैसा निकालेर उक्त बण्ड किन्न थालेको र जसको परिणाम बजारमा तरलताको हाहाकार सिर्जना भई ब्याजदर बृद्धि भयो ।

बैंकसँग २१ बिलियन डलरको बण्ड हुँदासम्म बैंकको सम्पत्ति निकै माथि थियो । तर, जब बण्ड सस्तोमा बिक्री गरियो र १.८ बिलियन घाटा व्यहोर्नुपर्यो तब उक्त बैंकको रेटिङमा तल झर्यो अर्थात बैंक जोखिममा पर्यो भनेर मुडी (क्रेडिट रेटिङ एजेन्सी)ले भन्यो) । यि सबै कार्यहरु केही घण्टाको अन्तरालमा भइरहेको थियो ।

रिस्क बेस क्यापिटलमा आधारित भएकोले तत्काल बैंकलाई पुँजि थप गर्नुपर्ने भयो । एकातिर बैंकले व्यहोरेको १.८ बिलियन घाटा, अर्कोतिर चर्को ब्याजदर अनि मुडीले डाउन ग्रेडिङ गरेपछि बैंकका व्यवस्थापकहरु झस्किन थाले । तत्कालै बैंकको सल्लाहकार गोल्डम्यान सेकसँग परामर्श लिइयो । परामर्शको क्रममा तत्काल पुँजि बृद्धि गर्नुपर्ने भयो र त्यसको लागि थप बण्ड बिक्री गर्ने र भेन्चर क्यापिटलमार्फत पुँजि जुटाउने उपाय सुझाइयो । पुँजि जुटाउन बण्ड बिक्री गर्ने र भेन्चरमार्फत पुँजि जुटाउने निर्णय ब्याक फायर बन्यो । किनभने बजारले उक्त निर्णयलाई अस्वाभाविक र बैंक टाट पल्टिन लागेको बुझ्यो । मिडियाले पनि त्यही बुझे । पब्लिकमा त्यही बुझाइयो । तत्काल सर्वसाधारणले उक्त बैंकले जारी गरेको बण्ड बिक्री गर्न थाले अनि डिपोजिट निकाल्न सुरु भयो । त्यसपछि एकै रातमा बैंक टाटपल्टिन सुरु भयो । सुरुमा एटिएम बुथहरु रित्तिए अनि खाता ।

संकटग्रस्त बनेपछि अमेरिकी नियामक निकायले बैंकलाई कब्जामा लिने र बन्द गर्ने निर्णय गर्यो । अमेरिकाको फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनले उक्त बैंक बन्द गर्ने निर्णय गरेको हो । अब सो संस्थाले दुई लाख ५० हजार रुपैयाँसम्म खातामा रकम जम्मा गरेकालाई बीमामार्फत भुक्तानी दिनेछ भने कतिपयले नयाँ कैयौं खातावालको बीमा समेत नगरिएको तथ्य बाहिर आएको छ ।

बैंकका सिईओ ग्रेग बेकर छन् । उनले विश्वप्रख्यात गोल्डम्यानसँगको परामर्शमा गरेका एकै निर्णयले दुई रातमा बैंक टाट पल्टिन पुगेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*