साताको नेप्सेः २ प्रतिशत बढ्यो नेप्से, निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक, कुल बजार पूँजीकरण वृद्धि

२७ फाल्गुन २०७९, शनिबार ०९:३३

काठमाडौ । यो साता नेप्से परिसूचक करिब २ प्रतिशत बढेको छ। गत साता १९६९.०२ विन्दुमा बन्द भएको छ । यो साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन मात्र बजार खुलेको थियो। जसमध्ये २ कारोबार दिन नेप्से उकालो लागेको थियो भने १ कारोबार दिन ओरालो लागेको थियो।

यस साताको अन्तिम कारोबार दिनको बजारलाई ब्याजदर घट्ने समाचारले प्रभाव पारेको थियो। वाणिज्य बैंकहरुले कर्जाको ब्याजदरमा ५ प्रतिशतभन्दा बढी प्रिमियम नलिने समाचारले बजारलाई सकारात्मक प्रभाव पारेको हो।

यस साता सेन्सेटिभ इण्डेक्स १.५९ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स १.७९ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५५ प्रतिशत बढेको छ।
नेप्से बढेपनि यस साता दैनिक कारोबार रकम भने घटेको छ। गत साता दैनिक औषतमा १ अर्ब ६९ करोडको शेयर खरिदबिक्री भएको बजारमा, यस साता दैनिक औषतमा १ अर्ब ३९ करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १७.७२ प्रतिशत घटेको हो। यस साता दैनिक औषत कारोबार संख्या ९.२३ प्रतिशत घटेको छ भने दैनिक औषत शेयर संख्या ९.६१ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि बढेको छ। गत साताको अन्तिम कारोबार दिन २८ खर्ब ४४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १.९८ प्रतिशत अर्थात ५६ अर्ब रुपैयाँ बढेर २९ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ।यस साता १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक मात्र घटेको छ। १२ उपसमूहको परिसूचक यस साता बढेको छ। जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.१४ प्रतिशत बढेको छ। त्यस्तै, जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। सबैभन्दा कम भने यस साता अन्य उपसमूहको परिसूचक ०.९४ प्रतिशत बढेको छ। यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक मात्र घटेको हो। सो उपसमूहको परिसूचक यस साता २.६० प्रतिशत घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*