सर्वोत्तम स्टिल लिमिटेडले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
२६ फाल्गुन २०७९, शुक्रबार १६:५४
काठमाडौं । सर्वोत्तम स्टिल लिमिटेडले सर्वसाधारणमा जारी पूँजी मध्ये १२.६६३ प्रतिशत शेयर सार्वजनिक निष्काशन गर्ने भएको छ । सो कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सम्झौतामा सर्वोत्तम स्टिल लिमिटेडलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द नेपाल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।
सौरभ गु्रप द्धारा संचालित सर्वोत्तम स्टिल लिमिटेडले विभिन्न प्रकारका गुणस्तरीय डण्डी तथा बिलेटहरुको उत्पादन गरी बिक्री वितरण गर्दे आईरहेको छ ।