कोटेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट होनहार युवा नेतृत्व सुरेन्द्र ताम्राकारको उम्मेदवारी

२६ फाल्गुन २०७९, शुक्रबार १४:००

काठमाडौं । कोटेश्वर बहुमुखी क्याम्पसमा स्ववियु अध्यक्ष पदमा अनेरास्ववियुका सुरेन्द्र ताम्राकारले उम्मेदबारी दिने भएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कोटेश्वर बहुमुखी क्याम्पस कमिटीको आउदो बैठकले ताम्राकारलाई स्ववियु अध्यक्षको पदको उम्मेदवार बनाउले प्रबल सम्भावना रहेको हो ।

क्याम्पस कमिटीका अध्यक्षसमेत रहेको ताम्राकार क्याम्पसमा विद्यार्थीहरुमाझ निकै लोकप्रिय विद्यार्थी नेता हुन् । विद्यार्थीहरुमाझ आफ्नो प्रभुत्व जमाउन सफल, मिलनसार स्वभावका ताम्राकारलाई स्ववियु अध्यक्षको प्रमुख दाबेदारका रुपमा हेर्न थालिएको छ । अनेरास्ववियुले अन्य पदका लागि उम्मेद्वारको नाम टुंगाइसकेको छैन ।

उनी कोटेश्वर वहुमुखी क्याम्पसमा विगत ५ वर्ष अगाडि देखि सक्रिय राजनीतिमा आवद्ध छन् । क्यापशमा ताम्राकारले २०७४ देखि २०७६ सम्म प्लस टु तहमा एकाई कमिटी सभापतिको पदमा रहेर आफ्नो जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गरेका थिए । यात्राकै क्रममा ताम्राकार कोटेश्वर बहुमुखी क्याम्पसमा अनेरास्वियु उपाध्यक्ष पदको जिम्मेवारी सम्हालेका छन् ।

क्याम्पसमा प्रवेश गरे देखि अहिले सम्म उनले धेरै भन्दा क्याम्पसमा नयाँ आगन्तुक विद्यार्थी लाई स्वागत कार्यक्रमको आयोजना गरी जिद्यार्थीको मनोबल बढाउनमा महत्वपुर्ण भुमिका निर्वाह गरेका छन् । क्याम्पसमा रहेका खानेपानी समस्या समाधानमा महत्वपुर्ण भुमिका, क्यान्टिन गुणस्तरमा पहल, क्याम्पस लाइब्रेरी व्यवस्थापनमा अहम भूमिका निर्वाह गर्दै आइरहेका छन् । देशमा घटीरहेका भ्रष्टाचार, कुशासन बिरुद्ध उनले सधै सडकदेखि सदनमा आवाज उठाइदै आइरहेका छन् ।

के आई सिं गाउपालिका ५ रानागाँउमा २०५६ साल माघ १० मा जन्मिएका ताम्राकारले श्री सरस्वती माध्यमिक विद्यालय रानागाँउ, डोटीबाट एसएलसी तह उत्तिर्ण गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*