प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा
२६ फाल्गुन २०७९, शुक्रबार १०:४१
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकले केही संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो ।
सो शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनी सचिवको कार्यालयमा दरखास्त पेश गर्न सक्नेछन् । साथै तोकिएको समयभित्र कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार उक्त शेयर अन्य कोही ब्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।