एनएलजी इन्स्योरेन्सद्धारा साधारणसभाको मिति घोषणा, १०% बोनस पारित हुने, बुक क्लोज कहिले ?
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले गत आवको बार्षिका साधारणसभा सम्बन्धी निर्णय गरेको छ । कम्पनीले १७ औं बार्षिक साधारणसभा आगामी चैत्र २० गते सोमबार आम्रपाली ब्याङ्क्वेट, बालुवटारमा गर्ने निर्णय गरेको हो ।
कम्पनीले सो निर्णय अनुसार आव सार्वजनिक सूचनामार्फत सबै शेयरधनीहरुलाई उपस्थित हुन आह्वान गरेकोछ । सूचना अनुसार १७ औं बार्षिक साधारणसभामा आव २०७८।०७९ को बार्षिक प्रतिवेदन पारित गर्नेलगायतका नियमित प्रस्तावका अतिरिक्त गत आवको सञ्चालन मुनाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित हुनेछन् । हाल एक अर्ब ३२ करोड ६६ लाख १४ हजार ३५५ रुपैयाँ चुक्ता पुँजि रहेको कम्पनीको बोनस शेयर वितरणसँगै कूल चुक्ता पुँजि एक अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९१ पुग्नेछ ।
कम्पनीले हालको अधिकृत पुँजि संरचनालाई एक अर्ब ५० करोडबाट बृद्धि गरी एक तीन अर्ब पुर्याउने विशेष प्रस्ताव आगामी साधारणसभाबाट पारित गर्नेछ ।
कम्पनीले साधारणसभाको लागि चैत्र १३ गते बुक क्लोज मिति तय गरेको छ । चैत्र १२ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्रै साधारणसभामा भाग लिने र १० प्रतिशत बोनस शेयर लिन पाउनेछन् ।