नेप्सेमा हरियाली छाएतापनि आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
२५ फाल्गुन २०७९, बिहीबार १५:०५
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात विहिबार शेयर बजार उच्च अंकले बढेको छ । आज शेयर बजार ५० दशमलव ४ अंकले बढेर २००२ को विन्दुमा कायम भएको छ ।
शेयर बजारमा हरियाली छाएतापनि केहि कम्पनीको शेयर मूल्यमा हरियाली छाउन सकेको छैन । आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्डको ५ दशमलव ६० प्रतिशतले शेयर मूल्य घटेको छ ।
त्यस्तै, प्राइम डिभेन्चर, सिटिजन्स म्युचअल फण्ड, विन नेपाल लघुवित्त लगायतका अन्य कम्पनीको शेयर मूल्य घटेको छ ।