नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
२५ फाल्गुन २०७९, बिहीबार १४:२१
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएकोछ । प्राइम लाइफ इन्स्योरेन्स र बुटवल पावर कम्पनीको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
प्राइम लाइफको १३% दरका कुल ३६ लाख १३ हजार ५०० कित्ता र बुटवल पावर कम्पनीको ५% दरका कुल १६ लाख २७ हजार ३७८ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले शेयरबजारमा कारोबार गर्न पाउनेछन् ।