साधारण बचत र कल निक्षेपको ब्याजदर ०.४२ को विन्दूले घटाउने बैंकर्स संघको निर्णय

२५ फाल्गुन २०७९, बिहीबार ११:३४

काठमाडौं ।  नेपाल बैंकर्स संघ(एनबीए)ले साधारण बचत र कल निक्षेपको ब्याजदर ०.४२ को विन्दूले घटाउने निर्णय गरेको छ ।आज बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा प्रतिनिधिहरुको बैठकले ऋणको ब्याजदर घटाएर जानुपर्ने अवस्थाको विश्लेषण गर्दै त्यसकै आधार तयार पार्नका लागि बचत र कल निक्षेपको ब्याजदर ०.४२ प्रतिशतले घटाउने निर्णय गरेको हो ।

एनबीएका अध्यक्षसुनिल केसीका अनुसार मुद्दति निक्षेपको ब्याजदर भने यथावत राखिएको र चैत १ गतेदेखि लागू हुने गरी बचतको ब्याजदर ६ देखि ८ प्रतिशत कायम गरिएको बताए ।
हाल ६.४२ देखि ८.४२ प्रतिशतसम्म रहेको थियो ।

हाल कुल निक्षेपमा बचत र कल निक्षेपको हिस्सा ३६ प्रतिशत छ। बचत र कल निक्षेपको ब्याजदर घट्नेबित्तिकै बैंकहरुको खर्च घटी आधार दर समेत घट्ने र यसले ऋणको ब्याजदर सस्तिने विश्लेषण गर्दै यस्तो निर्णय गरिएको केसीले जानकारी दिए ।

यसैगरी, एनबीएको बैठकले ऋणको प्रिमियम पनि घटाउने निर्णय गरेको छ । अब वाणिज्य बैंकहरुले आधार दरमा अधिकतम ५ प्रतिशत मात्र प्रिमियम लिन पाउनेछन् । हाल आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम लिन पाइने व्यवस्था कार्यान्वयनमा थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*