साल्ट ट्रेडिङ र साना किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
२५ फाल्गुन २०७९, बिहीबार ११:२२
काठमाडौं । २ वटा कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि फागुन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको साल्ट ट्रेडिङ लिमिटेड तथा फागुन २८ गते बुक क्लोज गर्ने निर्णय गरेका साना किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज फागुन २५ गते अन्तिम दिन हो ।
साल्ट ट्रेडिङले चैत्र १० गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।
साना किसान लघुवित्तले चैत्र १० गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले २६ प्रतिशत बोनस शेयर र १.३६८४ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।
साधारणसभाले पारित गरेपछि उल्लेखित कम्पनीहरुको लाभांश शेयरधनीमा बितरण हुने छ ।