सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
२५ फाल्गुन २०७९, बिहीबार ११:०१
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको लगानीकर्ताले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले चैत १८ बार्षिक साधारणसभा आह् वान गरेको छ। जसको कारण बैंकले बुक क्लोजको मिति तय गरेको हो । बैकले साधारण सभा प्रयोजनको लागि फागुन २८ गते बुक क्लोज गर्दैछ ।
गत वर्षको मुनाफाबाट बैंकले ८ दशमलव ५३४ प्रतिशत बोनश शेयर दिने भएको छ भने कर प्रयोजनका लागि बैंकले ० दशमलव ४४९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।