नन फाइलरलाई कारवाही गर्ने आन्तरिक राजश्व विभागको चेतावनी, तत्काल विवरण बुझाउन आग्रह

२४ फाल्गुन २०७९, बुधबार १३:३४

काठमाडौं । आयकर ऐन अनुसार आन्तरिक राजश्व कार्यालयमा बुझाउनुपर्ने वित्तीय विवरण नबुझाउने नन फाइलरहरुलाई कारवाही गर्ने चेतावनी दिइएको छ ।

आन्तरिक राजश्व कार्यालयले एक सूचनामार्फत समयमा आय विवरण नबुझाएका नन फाइलहरुलाई अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउने जनाएको छ ।

विभागद्धारा प्रकाशित सूचनामा नेपालमा व्यापार गरेर सरकारलाई बुझाउनुपर्ने भ्याट, आयकर विवरण तथा भन्सारमा विवरण बुझाई कर बक्यौता रहेका करदाताहरुलाई कर बुुझाउनको लागि आन्तरिक राजस्व विभागले आग्रह गरेको छ ।

 

 

मंगलवारको दिन एक सूचना प्रकाशित गर्दै विभागले गत आर्थिक वर्ष २०७८/०७९ कारोबार विवरण नबुझाएका करदाताहरुलाई बिबरण बुझाएर कर फरफारक गर्न अनुरोध गरेको हो ।
करदाताले असोज मसान्तअघि नै बुझाउनुपर्ने विवरण फागुनसम्म पनि नबुझाएपछि विभागले करदातालाई कारवाहीको चेतावनी दिएको छ ।

करदाताले प्रत्येक आय वर्ष सकिएको ३ महिनाभित्र कारोबार विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ । यदि करदाताले कुनै कारण दिएर कारोबार विवरण र कर दाखिला गर्ने समयसीमा (म्याद) थप गराएकामा पुस मसान्तसम्म कारोबार विवरण र कर बुझाउन सकिन्छ । पुस मसान्तसम्ममा पनि विवरण नबुझाउने करदाताहरुलाई विभागले कारवाहीको तयारी गरेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*