दुर्गा प्रसाईको आन्दोलनले बैंकिङ क्षेत्रमा त्रास, गाडीमा टाँसिएको स्टीकर धमाधम हटाइदै

२३ फाल्गुन २०७९, मंगलवार १४:३२

काठमाडौं । लामो समयदेखि ब्याजदरको बिषयको आवाज उठाउदै आएको दुर्गा प्रसाईंले बैंकको ऋण नतिर्ने अराजक आन्दोलन झनै बढ्दै गएपछि राष्ट्र बैक देखि बैंक तथा वित्तिय संस्थाहरु त्रासमा छन् । ऋण नतिर्ने भन्दै अघि बढाइएको आन्दोलन बढेसँगै राष्ट्र बैंक र बैंक तथा वित्तिय संस्थाहरुले आफूहरुले चढ्ने गाडिको स्टीकर हटाउन थालेको बताएका छन् ।

बैंकिङ क्षेत्रले यसअघि गृह मन्त्रालयललाई भेटेर सुरक्षाको माग समेत गरिसकेको छ । पछिल्लो समय बढेको त्राससँगै बैंकर तथा राष्ट्र बैंकका कर्मचारीहरुले गाडीमा टाँसेको स्टीकर हटाउन थालेका छन् । राष्ट्र बैंकका कर्मचारी मात्रै नभई नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीले समेत गाडीमा लगाएको स्टिकर हटाउन थालेका छन् । नेपाल राष्ट्र बैंकका एक कर्मचारीले विदाको दिन पारेर शनिबार गाडी टाँसिएको राष्ट्र बैंकको स्टीकर निकालेको स्वीकार गरे ।

असुरक्षित महसुस हुनेभएसँगै राष्ट्र बैंकका केही उच्चस्तरीय कर्मचारीले गाडीमा लगाएको स्टिकर हटाउन थालेका थालेका छ । आन्दोलनकारीले स्टिकर सहितको गाडीमा आक्रमण गर्न सक्ने डरले राष्ट्र बैंकका कर्मचारीहरुले हटाउन थालेका हुन् ।
पछिल्लो समय भएको आन्दोलन र बैंक तथा वित्तिय संस्थाहरुलाई हुनसक्ने आक्रमण तथा ज्यादतीको कारण आफूहरु त्रासमा भएसँगै स्टिकर लगाएको गाडीमा चढ्दा समस्या हुन्छ कि भनेर मैले स्टिकर हटाउन लगाएको हौं, राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*