सूचीकृतपश्चात् दुई हाइड्रोपावरको शेयर आजदेखि कारोबार खुल्दै, कुनको कतिमा खुल्ला ?

२१ फाल्गुन २०७९, आईतवार ०९:४१

काठमाडौं । दुई हाइड्रोपावर कम्पनीको आजदेखि कारोबार सुरु हुँदैछ । शुभम पावर र सुपर मादी हाइड्रोपावरको आइपीओ बिहिबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आउने भएको हो ।

सुभम पावरको आइपीओ ‘एसपीएल’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता आइपीओ सूचीकृत भएको हो । कम्पनीको आइपीओले पहिलो कारोबारको लागि ८८ रुपैयाँ ४८ पैसादेखि अधिकतम २६५ रुपैयाँ ४४ पैसासम्म पाउने देखिएको छ ।

त्यस्तै, सुपर मादी हाइड्रोपावरको आइपीओ ‘एसएमएचएल’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल १ करोड १० लाख कित्ता आइपीओ सूचीकृत भएको हो । कम्पनीको आइपीओले पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज ९९ रुपैयाँ ८० पैसादेखि अधिकतम २९९ रुपैयाँ ४ पैसासम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*