जनतालाई सत्ता हस्तान्तरण गर्न नयाँ बानेश्वरबाट दुर्गा प्रसाईको चेतावनी, बैंकभित्रको भ्रष्टाचार रोक्न माग

२० फाल्गुन २०७९, शनिबार १५:५४

काठमाडौं । वर्तमान सरकार र बैंकहरुको अत्याचारको विरुद्धमा महा अभियान सञ्चालन गर्दै आएका झापाको व्यवसायी दुर्गाप प्रसाईले नयाँ बानेश्वरमा आयोजित सभालाई सम्बोधन गर्दै वर्तमान शासन व्यवस्थाले देशमा कुनै परिवर्तन नगर्ने भएकोले बिनाशर्त सत्ता हस्तान्तरण गर्न चेतवानी दिएका छन् ।

झापाबाट सुरु भएको आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्र शाह समेत सहभागी भएर सुरु भएको अभियानको क्रममा आज काठमाडौंमा आयोजित विशाल विरोध सभालाई सम्बोधन गर्दै व्यवसायी दुर्गा प्रसाईले भने, ‘देश अब हामी चलाउँछौ । हामीले देश चलाउने निर्णय गरिसक्यौं ।’ प्रसाईले तत्काल वर्तमान सत्ताको नेतृत्वमा बसिरहेकाहरुले बिना शर्त सत्ता हस्तान्तरण नगरे घर घरेरै भएपनि सत्ता कब्जा गरेरै छोड्ने बताए ।

उनले आजको आन्दोलनमा स्पष्ट रुपमा राजतन्त्रको पक्षमा अभिव्यक्ति दिएका दुर्गा प्रसाईले राजतन्त्र जिन्दावाद नभन्न जनतालाई आग्रह गरेका छन् । राजा देखाएर सत्ता खोज्न आएको नभई राजालाई सत्ता चाहिए आफै आउनु पर्ने र दरवारभित्र बसेर सत्ता नपाइने बताए ।

नेता प्रसाईले भारतलाई लिपुलेक बिनाशर्त फिर्ता गर्न आह्वान गरेका छन् । उनले लिपुलेक भारतलाई चाहिएको भए नेपालबाट बंगलादेश जाने जमिनसँग साट्न सकिने बताए । नेता प्रसाईले अमेरिकालाई स्वार्थको राजनीति गर्ने भए तपाईहरुको पैसा चाहिएर अब हामी दुःख गरेर आफै कमाउन चाहन्छौं ।

बैंकहरुलाई ठूला व्यापारीहरुको ऋण मिनाहा गर्न माग नगरेको उल्लेख गर्दै ब्याजदर घटाउनु परेको र २० लाखभन्दा कम ऋण लिएका ऋणीहरुको ऋण मिनाहा गर्न माग गरिएको बताए । बैंकहरुबाट ऋण लिँदा पाँच प्रतिशत कमिशन तिर्नुपर्ने अवस्था रहेको बताउँदै बैंकका हाकिमहरुले गर्ने भ्रष्टाचार अन्त्य हुनुपर्ने माग दुर्गा प्रसाईले उठाएका छन् ।

उनले बैंकहरुले गर्ने लिलामी आजैबाट रोक्नुपर्ने बताए । साथै बैंकले लिलाम गर्ने घरजग्गा कसैले पनि नकिन्न माग गरेका छन् । उनले तत्काल एक हजार ५०० रुपैयाँको नोट प्रतिबन्ध लगाउन माग गरेका छन् ।

आजबाट काठमाडौंमा जनविद्रोह सुरु भएको दावी गर्दै जीत नभएसम्म घर नफर्कन आह्वान गरेका छन् । व्यवसायी तथा नेता दुर्गा प्रसाईले नेपाली जनताले पूर्ण प्रजातन्त्र खोजेको बताउँदै त्यसको लागि अब नयाँ आन्दोलनको विकल्प नभएको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*