बैंकहरुको अत्याचारविरुद्धमा भोलि काठमाडौंको नयाँ बानेश्वरमा विशाल विरोधसभा, देशैभरिबाट काठमाडौंतर्फ आउँदै

१९ फाल्गुन २०७९, शुक्रबार ११:३०

काठमाडौं । बैंकहरुले चर्को ब्याज असुल गरेर पेशा व्यवसाय गर्दै आएका ऋणीहरुलाई उठ्नै नसक्ने गरी अत्याचार गरेको भन्दै बैंकहरुका विरुद्धमा भोलि राजधानी काठमाडौंको नयाँ बानेश्वरमा भव्य विरोधसभा हुने भएको छ । झापाका व्यवसायी तथा समाजसेवी दुर्गा प्रसाईको नेतृत्वमा विभिन्न समाजिक अभियान्ताहरुले सम्बोधन गर्ने कार्यक्रममा देशैभरिबाट हजारौं मानिसहरु सहभागी हुने आयोजकले जनाएको छ ।

झापामा बिएण्डसी अस्पताल सञ्चालन गर्दै आएका चर्चित व्यापारी दुर्गा प्रसाईले देशको अर्थतन्त्र डुबाउन राजनीतिक नेतृत्व भ्रष्ट हुँदै गएको, बैंकहरुले ऋणीमाथि अत्याचार ब्याज बृद्धि गरेर बाँच्नै नसक्ने अवस्था सिर्जना गरेको विरोधमा विशाल विरोधसभा आयोजना गर्न लागेका हुन् ।

देशमा कही कतैबाट गरिखान नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डकै अगाडि आत्मदाह गरेका प्रेम प्रसाद आचार्यले आफ्नो शरीरमा आगो लगाएकै स्थानमा विशाल सभा आयोजना लागिएको हो । ठूला व्यापारीहरुलाई राज्य सत्ता र बैंक सबैले छुट, सहुलियत दिने तर साना उद्यमी व्यवसायीहरुलाई बैंकले ब्याजदर दोब्बर बनाएर आत्महत्या गर्न बाध्य पारेको विरोधमा यसअघि झापा, बुटवल, धनगढी, चितवन बर्दिबास लगायतका क्षेत्रमा क्षेत्रिय विरोध सभाहरु सम्पन्न गरेर भोलि काठमाडौंमा हुन लागेको हो ।

बैंकहरुले मच्चाएको अत्याचार विरुद्धको आन्दोलन अन्तर्गतको विरोधसभा भोलि अर्थात शनिबार विहान ११ः०० बजे नयाँ बानेश्वरमा विरोध सभा सुरु हुनेछ । सो सभामा सहभागी भएर देश डुब्न लागेको अर्थतन्त्र जोगाउन सबैलाई सहभागी हुन आयोजकले आह्वान गरेका छन् ।

भोलिको सभामा सामाजिक अभियान्ताहरुले सम्बोधन गर्नेछन् । त्यस्तै, पीडित उद्योगी व्यापारीहरुको तर्फबाट पनि सहभागिता जनाउन आह्वान गरिएको आयोजकले जनाएका छन् । बैंकहरुले ७।८ प्रतिशत ब्याजदरमा लिएको ऋणको अहिले १३ देखि १८ प्रतिशतसम्म ब्याजदर असुल गर्दै ऋणीलाई धम्क्याउने, दवाव दिने र ऋण लिँदा धितो राखेको सम्पत्ति लिलाम गर्ने अभियान चलाउँदै आएको छ ।

देश गम्भिर अवस्थामा जाँदा समेत बैंकहरुले ऋणीलाई उद्धार गर्नु, बचाउनुको साटो महंगो ब्याजदर लिएर मलामी गएको बेला समेत मासुभात खानैपर्ने जस्तै राक्षसी व्यवहार प्रदर्शन गरेको बैंक तथा वित्तीय संस्था विरोध आन्दोलनमा सुरुदेखि नै सहभागी हुँदै आएका सामाजिक अभियान्ता ई. दीपेन्द्र कँडेलले बताए ।

उता, देशव्यापी रुपमा बैंक तथा वित्तीय संस्थाहरुका विरुद्धमा प्रदर्शन सुरु भएपछि अत्तालिएका बैंकहरुको बैठक लगातार बसिरहेको छ । हिजो विहान बसेको बैठकले सडकबाट बैंक तथा वित्तीय संस्थाहरुका विरुद्धमा आन्दोलन गरेर अराजकता मच्चाउन खोजेको भन्दै लिखित भत्र्सना गर्ने निर्णय गरेको थियो ।

आन्दोलनहरुले आजसम्म आन्दोलन शान्तिपूर्ण रहेको र अबका आन्दोलन थप सशक्त बनाउँदै लैजाने जनाएका छन् । नयाँ निर्वाचन सम्पन्न भई माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको हप्तौ वितिसक्दा समेत देशमा उत्पन्न आर्थिक संकट समाधान गर्ने कुनै उपाय खोजेका छैनन् । साथै जनताको समस्याका विषयमा एउटा पनि छलफलमा सहभागी भएका छैनन् । रातोदिन भारतीय जासुसी संस्था रअ र अमेरिकी जासुसी संस्था सिआईएसँग मिलेर कसलाई राष्ट्रपति बनाउने ? कसलाई कुन पद दिने भन्दै भागबण्डा गर्दैमा व्यस्त रहेका छन् ।

One thought on “बैंकहरुको अत्याचारविरुद्धमा भोलि काठमाडौंको नयाँ बानेश्वरमा विशाल विरोधसभा, देशैभरिबाट काठमाडौंतर्फ आउँदै

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*