प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति माग्दै सन नेपाल लाइफ इन्स्योरेन्स पुग्यो बोर्डमा, प्रति कित्ता कति?
१८ फाल्गुन २०७९, बिहीबार १८:०५
प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति माग्दै सन नेपाल लाइफ इन्स्योरेन्स नेपाल धितोपत्र बोर्डमा पुगेको छ । कम्पनीले १७ गते बोर्डमा आवेदन दिएको हो ।कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १५० रुपैयाँ ५५ पैसा थप गरी प्रतिकित्ता २५० रुपैयाँ ५५ पैसामा शेयर निष्काशन गर्न अनुमति माग गरेको हो ।
कम्पनीले २ अर्ब ४० करोड ५२ लाख ८० हजार रुपैयाँ बारबरको ९६ लाख कित्ता शेयर निष्काशन गर्नेछ ।हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब २४ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणको लागि ९६ लाख कित्ता शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट क्यापिटल रहेको छ ।