ओरियन्टल इन्स्योरेन्सले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
१७ फाल्गुन २०७९, बुधबार १४:५६
काठमाडौं । ओरियन्टल इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले काठमाडौं, हेटौंडा, पोखरा, भैरहवा, बुटवल, नेपालगंज, विरगंज र विराटनगरका लागि मार्केटिङ अफिसर माग गरेको हो ।
सो पदका लागि कम्पनीले बजार व्यवस्थापनमा स्नातक तह उत्तीर्ण शैक्षिक योग्यता भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले फागुन २६ गतेसम्म कम्पनीको इमेल [email protected] मार्फत दरखास्त दिन सक्नेछन् ।