कानून व्यवसायी क्लव र केडीया फाउन्डेसनको कानुन सम्मान र पुरस्कार वितरण कार्यक्रम सम्पन्न

१७ फाल्गुन २०७९, बुधबार १२:१२

काठमाडौं । कानून व्यवसायी क्लव, र केडीया फाउन्डेसनको आयोजनामा कानुन सम्मान र पुरस्कार वितरण कार्यक्रम २०७९ सम्पन भएको छ । काठमाडौंको बबरमहत स्थित कार्कि ब्याङ्क्युटमा का.मु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रमुख आतिथ्यता तथा कानून व्यवसायी क्लवका अध्यक्ष श्याम प्रसाद खरेलको सभापतित्वमो सम्मान समारोह सम्पन्न भएको हो ।

समारोहमा सर्वोच्च अदालतका न्यायाधीसहरु कानून व्यवसायी क्लवका सदस्य र पदाधिकारीहरु, वरिष्ठ अधिवक्ताहरु र अन्य गन्यमान्य व्यक्तिहरुका साथै शंकरलाल केडिया फाउण्डेशनबाट अनिल कुमार केडियाको समुपस्थिति रहेको थियो । कानून व्यवसायी क्लव र शंकरलाल केडिया फाउण्डेशनको सयुक्त तत्वावधानमा विगत देखि स्व. शंकरलाल केडिया कानून पुरस्कार, कानून युवा पुरस्कार, उत्कृष्ट कानून पुस्तक पुरस्कार एवं कानून पत्रिकामा वर्ष भरिमा प्रकाशित लेख रचना मध्ये उत्कृष्ट लेख, रचनाका लेखकहरुलाई उत्कृष्ट कानून लेखन पुरस्कार प्रदान हुदै आएको छ ।

पुरस्कार र सम्मानलाई अझै गरिमामय बनाउदै जाने लक्ष्य अनुरुप क्लव र फाउण्डेशनवीच भएको सम्झौता बमोजिम यस पटक स्व.शंकरलाल केडिया कानून सम्मान पुरस्कारद्धारा वरिष्ठ अधिवक्ता प्राध्यापक गुणनीधि न्यौपानेलाई सम्मानित गरेको छ । यस्तै स्व.शंकरलाल केडीया स्मृति युवा कानून पुरस्कार वरिष्ठ अधिवक्ता महेश कुमार थापालाई र स्व.शंकरलाल केडिया उत्कृष्ट पुस्तक लेखन पुरस्कार वेपत्ता पारिएका परिवार छानबिन आयोगका सचिव श्याम कुमार भट्टराईले लेखेको “संवैधानिक तथा प्रशाशकीय कानून” पुस्तकको लागी प्रदान गरेको हो ।

फाउन्डेशनले यस अघि ११ वर्षसम्म लगातार न्याय एवं कानून क्षेत्रका वरिष्ठ व्यक्तित्वहरुलाई सम्मानित गर्दै आइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*