निर्जीवन बीमा क्षेत्रको तेस्रो मर्जरः सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार आज
काठमाडमौं। प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आजबाट एकीकृत कारोबार शुभारम्भ हुँदैछ । बीमा क्षेत्रको यो तेस्रो ठूलो एकिकृत कारोबार हो । यी दुबै कम्पनीको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट आजबाट कारोबार हुँदैछ।कम्पनीको संयुक्त मर्जर समितिको फागुन ११ गते बसेको बैठकले फागुन १७ गतेबाट एकीकृत कारोबार गर्ने निर्णय गरेको थियो । यी दुवै कम्पनीको पुस २९ गते सम्पन्न साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको थियो।
यी दुबै कम्पनीलाई बीमा प्राधिकरणले माघ १६ गते र नेपाल धितोपत्र बोर्डले माघ २४ गते तथा कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
हाल सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड ३९ लाख रुपैयाँ रहेको छ। त्यसैगरी प्रिमियर इन्स्योरेन्सको पुँजी १ अर्ब ४० करोड २६ करोड रुपैयाँ रहेको छ।
मर्ज पश्चात बन्ने बैंकको चुक्ता पुँजी २ अर्ब ८९ करोड रुपैयाँ बन्नेछ ।
दोस्रो त्रैमासमा दुई कम्पनीको वित्तिय अवस्था
प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनासम्ममा एक अर्ब ७ करोड ३२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ४० करोड १६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
साथै पुष मसान्तसम्ममा प्रिमियरले १५ करोड ६१ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ भने सिद्धार्थले १४ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
साथै सो अवधिसम्म प्रिमियर इन्स्योरेन्सको बीमा कोषमा एक अर्ब ९ करोड ३० लाख रुपैयाँ संचित रहेको छ भने जगेडा कोषमा ३० करोड ८ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सको बीमा कोषमा एक अर्ब २५ करोड ७९ लाख रुपैयाँ र जगेडा कोषमा २४ करोड १४ लाख रुपैयाँ सञ्चित रहेको छ ।
यता सिद्धार्थ इन्स्योरेन्सले चालु आवको ६ महिनासम्ममा ३० करोड ६८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको भने प्रिमियरले सो अवधिसम्म २२ करोड ४५ लाख रुपैयाँ खुद बीमा दाबी भुक्तानी गर्न सफल भएको छ ।
सबै सूचकमा उल्लेख्य सुधार गर्दै मर्जरमा सामेल हुन लागेको यी दुवै कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लगानी, कर्जा तथा पुनर्बीमा कमिशन आयबाट हुने आम्दानीमा समेत उल्लेख्य प्रगति गरेको देखिएको छ । सो अवधिसम्म प्रिमियर इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी २८ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको छ भने यता सिद्धार्थले पनि ३२ करोड ८५ लाख रुपैयाँ यस्तो आम्दानी गरेको छ ।
हालसम्म सिद्धार्थ इन्स्योरेन्सको जारी बीमा पोलिसी संख्या ७३ हजार ७६० र प्रिमियर इन्स्योरेन्सको ७५ हजार ६५ रहेको छ । यता सिद्धार्थ इन्स्योरेन्सको दोस्रो त्रैमाससम्ममा चुक्तापुँजी एक अर्ब ४० करोड ३९ लाख रुपैयाँ रहेको छ भने प्रिमियर इन्स्योरेन्सको एक अर्ब ४० करोड २६ लाख रुपैयाँ रहेको छ ।
पुष मसान्तसम्म सिद्धार्थ इन्स्योरेन्सको वार्षिकी प्रतिशेयर आम्दानी २० रुपैयाँ ९९ पैसा, प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ९१ पैसा, मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३० रुपैयाँ ८७ पैसा, प्रतिशेयर कुल सम्पत्तिको मूल्य ४१९ रुपैयाँ ९ पैसा रहेको छ ।
त्यस्तै, प्रिमियर इन्स्योरेन्सको वार्षिकी प्रतिशेयर आम्दानी २२ रुपैयाँ २७ पैसा, प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ २३ पैसा, मूल्य आम्दानी अनुपात २९.५० रुपैयाँ र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ३१२ रुपैयाँ ५१ पैसा रहेको छ।
प्रिमियर इन्स्योरेन्स
प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडमा सबैभन्दा बढी शेयर लगानी कम्पनीका अध्यक्ष सुरेश लाल श्रेष्ठको रहेको छ । संस्थामा उनको ७ लाख ८२ हजार ६ सय ४५ कित्ता शेयर रहेको छ ।
त्यस्तै, कम्पनीमा सञ्चालक प्रभु कृष्ण श्रेष्ठको ७ लाख ५१ हजार ३ सय ४३ कित्ता शेयर रहेको छ । सञ्चालक राजेश लाल श्रेष्ठको ५१ हजार १ सय ५५ कित्ता, सञ्चालक राजन कृष्ण श्रेष्ठको १८ हजार १ सय ४८ कित्ता, सञ्चालक बलराम श्रेष्ठको ४ सय ६७ कित्ता शेयर, सञ्चालक महेन्द्र बहादुर श्रेष्ठको १ सय २६ कित्ता शेयर स्वामित्व रहेको छ ।
कम्पनीमा पदाधिकारीतर्फबाट नायब महाप्रबन्धक दिपेन्द्र राज गौतमको सबैभन्दा बढी शेयर स्वामित्व रहेको छ । संस्थामा उनको ७ सय ९ कित्ता शेयर रहेको छ । त्यस्तै, नायब प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारीको ५ सय ६८ कित्ता र प्रमुख सञ्चालन अधिकृत कविता जोशीको १ सय ३९ कित्ता शेयर रहेको छ ।
सिद्धार्थ इन्स्योरेन्स
सिद्धार्थ इन्स्योरेन्समा कम्पनीका संचालक राहुल अग्रवालको सबैभन्दा बढी शेयर रहेको छ । कम्पनीका अध्यक्ष रतनलाल केडियाको शेयर भन्दा राहुल अग्रवालको शेयर सबैभन्दा धेरै रहेको छ ।
सञ्चालक समुह तर्फमा सबैभन्दा बढी राहुल अग्रवालको ४३ करोड ७९ लाख २५ हजार कित्ता शेयर संख्या रहेको छ । त्यस्तै दोस्रोमा पवन कुमार अग्रवालको ३६ करोड १२ लाख ८८ हजार कित्ता शेयर रहेको छ ।
संस्थामा सुमित कुमार केडियाको २२ करोड ८९ हजार कित्ता शेयर रहेको छ । अन्तिममा संस्थामा सवैभन्दा कम रतनलाल केडियाको १३ करोड ६५ लाख ५२ कित्ता शेयर स्वामित्व रहेको छ ।