भोलिदेखि एकिकृत कारोबार सुरु गर्ने सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको यस्तो छ शेयर संरचना, कसको लगानी कति ?

१६ फाल्गुन २०७९, मंगलवार १६:५८

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको एकिकृत कारोबार भोलि अर्थात फागुन १७ गतेदेखि सूरु हुने भएको छ । कम्पनीहरुले मर्जर प्रस्ताव आफ्नो वार्षिक साधारण सभाबाट समेत पारित गरेका हुन् । नेपालको इन्स्योरेन्स जगतमा निर्जिबन बीमा कम्पनीहरुको यो तेस्रो मर्जर हो ।

भोलिदेखि एकिकृत कारोबार गर्ने इन्स्योरेन्सको यस्तो छ शेयर संरचना

प्रिमियर इन्स्योरेन्स

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडमा सबैभन्दा बढी शेयर लगानी कम्पनीका अध्यक्ष सुरेश लाल श्रेष्ठको रहेको छ । संस्थामा उनको ७ लाख ८२ हजार ६ सय ४५ कित्ता शेयर रहेको छ ।

त्यस्तै, कम्पनीमा सञ्चालक प्रभु कृष्ण श्रेष्ठको ७ लाख ५१ हजार ३ सय ४३ कित्ता शेयर रहेको छ । सञ्चालक राजेश लाल श्रेष्ठको ५१ हजार १ सय ५५ कित्ता, सञ्चालक राजन कृष्ण श्रेष्ठको १८ हजार १ सय ४८ कित्ता, सञ्चालक बलाराम श्रेष्ठको ४ सय ६७ कित्ता शेयर, सञ्चालक महेन्द्र बहादुर श्रेष्ठको १ सय २६ कित्ता शेयर स्वातित्व रहेको छ ।

कम्पनीमा पदाधिकारीतर्फबाट नायब महाप्रबन्धक दिपेन्द्र राज गौतमको सबैभन्दा बढी शेयर स्वामित्व रहेको छ । संस्थामा उनको ७ सय ९ कित्ता शेयर रहेको छ । त्यस्तै, नायब प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारीको ५ सय ६८ कित्ता र प्रमुख सञ्चालन अधिकृत कविता जोशिको १ सय ३९ कित्ता शेयर रहेको छ ।

सिद्धार्थ इन्स्योरेन्स

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्समा कम्पनीका संचालक राहुल अग्रवालको सबैभन्दा बढी शेयर रहेको छ । कम्पनीका अध्यक्ष रतनलाल केडियाको शेयर भन्दा राहुल अग्रवालकोे शेयर सबैभन्दा धेरै रहेको छ ।

सञ्चालक समुह तर्फमा सबैभन्दा बढी राहुल अग्रवालको ४३ करोड ७९ लाख २५ हजार कित्ता शेयर संख्या रहेको छ । त्यस्तै दोस्रोमा पवन कुमार अग्रवालको ३६ करोड १२ लाख ८८ हजार कित्ता शेयर रहेको छ ।

संस्थामा सुमित कुमार केडियाको २२ करोड ८९ हजार कित्ता शेयर रहेको छ । अन्तिममा संस्थामा सवैभन्दा कम रतनलाल केडियाको १३ करोड ६५ लाख ५२ कित्ता शेयर स्वामित्व रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*