जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन पौने ६७ अर्बमा, कुनले कति कमाए ? (तथ्यांक सहित)
काठमाडों । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको माघ मसान्तसम्ममा ६६ अर्ब रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार यस त्रैमाससम्मा नविकरण बीमाशुल्क आर्जनमा नेपाल लाइफ, एलआईसी र नेशनल टप थी्रमा पर्न सफल भएको छ ।
माघ मसान्तसम्ममा नेपाल लाइफ अग्रस्थान रह्न सफल भएको छ। कम्पनीले यस अवधिसम्ममा १८ अर्ब रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।दोसोमा एलआईसी नेपाल रहेको छ । कम्पनीले यस अवधिसम्ममा ८ अर्ब ९१ करोड रुपैयाँ नविकरणमा बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ६ अर्ब ९९ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
त्यस्तै, राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ८ करोड रुपैयाँ, युनियन लाइफले ३ अर्ब ७८ करोड रुपैयाँ, ,सूर्य ज्योति लाइफले ३ अर्ब ३८ करोड रुपैयाँ, एशियन लाइफले ३ अर्ब २७ करोड रुपैयाँ, मेट लाइफले २ अर्ब २० करोड रुपैयाँ नविकरण बीमाशुल्क मार्फत आर्जन गर्न सफल भएका छन् ।