जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन साढे १६ अर्ब नजिक, टप थ्रीमा नेपाल,नेशनल र सूर्य ज्योति

१६ फाल्गुन २०७९, मंगलवार १३:००

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको माघ मसानन्त सम्ममा १६ अर्ब रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा प्राधिकरणबाट प्राप्त तथ्यांक अनुसार यस त्रैमासमा पनि सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नै अग्रस्थानमा कारोबार गर्न सफल भएको छ। कम्पनीले माघ मसान्तसम्ममा ३ अर्ब ३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

स्रोतः बीमा प्राधिकरण

दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस त्रैमासमा १ अर्ब ९८ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।तेस्रोमा एकिकृत कारोबारपछि मजबुत बनेकोसूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस त्रैमाससम्ममा १ अर्ब ४७ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

बीमा प्राधिकरणका अनुसार माघ महिनासम्ममा एलआईसी नेपालले १ अर्ब ३१ करोड रुपैयाँ, सन नेपाल लाइफले १ अर्ब ९ करोड रुपैयाँ, सिटिजन लाइफले १ अर्ब २ करोड रुपैयाँ, एशियन लाइफले ८३ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ८२ करोड रुपैयाँ, युनियन लाइफले ७५ करोड रुपैयाँ, आइएमई लाइफले ७१ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, मेट लाइफले ७० करोड रुपैयाँ, रिलायन्स लाइफले ५२ करोड रुपैयाँ, सानिमा लाइफले ४७ करोड रुपैयाँ, प्राईम लाइफले ४७ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ३९ करोड रुपैयाँ, प्रभु लाइफले ३६ करोड रुपैयाँ, महालक्ष्मी लाइफले २६ करोड रुपैयाँ र गुराँस लाइफले १९ करोड ५२ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*