बीमा प्राधिकरणले सेटिङमा किन्यो गुणस्तरहिन चांगनका चार गाडी, प्रदेश प्रमुखलाई पुरानो गाडी
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणले एकैपटक चारवटा गाडी किनेको छ । बीमा कम्पनीहरुलाई गाडी किन्न कडाई गरेको प्राधिकरणले आफूले भने एकैपटक चार वटा गाडी किनेको हो ।
प्राधिकरणले चाइनिज चांगन ब्राण्डको गाडी सेटिङमा लिएको पाईएको छ। प्राधिकरणले कमीशनको लोभमा सेटिङमा गुणस्तरहिन चाँगनका चार वटा गाडी खरिद गरिएको शंका गरिएको छ।प्राधिकरणले ३२ लाख ७५ हजार रुपैयाँको दरले १ करोड ३१ लाख रुपैयाँको चारवटा १४ सय सीसी मोडलको गाडी खरिद गरेको हो । प्राधिकरणले चांगनको आधिकारिक वितरक एमएडब्ल्युबाट खरिद गरेका हो । हाल एमएडब्ल्युका अध्यक्ष विष्णु अग्रवाल हुन् ।
प्राधिकरणले गाडी किन्दा टेन्डर आवहान गरेर किन्नु पर्ने व्यवस्था रहेको छ । प्राधिकरणले यमाहासँग कमिशन घटाएर टेण्डरमा पारेर उक्त गाडी खरिद गरेको पाईएको छ।यतिबेला प्राधिकरणमा कार्यालयले उपलब्ध गराएको गाडी चढ्ने मान्छे भने ६ जनामात्रै छन् । अध्यक्ष, कार्यकारी निर्देशक र चार जना निर्देशकलाई समितिले गाडी उपलब्ध गराउँदै आएको छ ।
अध्यक्षलाई यसअघि नै गाडी खरिद गरि सकेको हुँदा प्राधिकरणमा रहेका चार निर्देशकको पुरानो गाडी प्रदेश प्रमुखको लागि पठाउने तयारीमा रहेको छ । प्राधिकरणका निर्देशकलाई नयाँ भन्दै कमीशनको लोभमा गुणस्तरहीन गाडी खरिद गरिएको छ ।
कुनै समय बीमा कम्पनीहरुलाई एउटै कम्पनीलाई किन धेरै गाडि चाहियो ? भन्ने प्रश्न गरेको प्राधिकरणले गरेको थियो ।प्राधिकरणले केही समयअघि मात्रै बीमा कम्पनीसँग के कति गाडी छन्, क–कसले गाडी चढ्छन्, ऋणमा हो कि कम्पनीले दिएको हो ? भनेर बीमा कम्पनीसँग विवरण समेत मागेको थियो । बीमा कम्पनीलाई नियमन गर्दै आएको नियामक निकाय आफै भने अव्यवहारिक बन्दै आएको छ।