नेपाल एयरलाइन्सको वेबसाईटबाट टिकट बुक गर्दा आइएमई पे मार्फत भुक्तानी गर्न मिल्ने

१५ फाल्गुन २०७९, सोमबार १७:०७

काठमाडौं । आइएमई पे र नेपाल एयरलाइनसबीच आइएमई पे विधुतिय भुक्तानी सेवा प्रयोगनकर्ताको रुपमा रहने सम्झौता भएको छ ।

सम्झौता अन्तर्गत ग्राहकवर्गहरुले नेपाल एयरलाइनसको वेबसाईटबाट टिकट बुक गर्दा आइएमई पे मार्फत भुक्तानी गर्नसक्नु हुन्छ । नेपाल एयरलाइनसको वेबसाईटमा गइ आफ्नो आवश्यकता अनुरुपको गन्तव्य र मिती छानी, मागिएको विवरण भरि चेकआउट् गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै भुक्तानी गर्न सकिने भएको छ ।

ग्राहकवर्गहरुलाई भुक्तानी प्रकृया सहज पार्न र साथै विद्युुतिय भुक्तानीलाई अबल पार्ने उद्देश्यका साथ यो सम्झौता गरिएको संस्थाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*