नेपाल इन्स्योरेन्सका अध्यक्षलाई बर्खास्त गर्ने प्राधिकरणको निर्णय

१५ फाल्गुन २०७९, सोमबार १५:५०

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका अध्यक्ष र संचालक बर्खास्त भएका छन् । बीमा प्राधिकरणले मर्जर प्रकृयाको लागि अध्यक्ष र संचालकलाई राखेका थिए । तर मर्जर प्रस्तावमा असहमती भएपश्चात् बीमा ऐनमा नभएको भन्दै प्राधिकरणले अध्यक्ष र संचालकलाई बर्खास्त गरेको हो ।

प्राधिकरणले लिखित पत्र पठाउदै कम्पनीको अध्यक्ष अर्जुन शर्मा पौडेल र संचालक विष्णु कुमार खेतान अग्रवाललाई बर्खास्त गरेको हो ।तेस्रो कार्यकालका लागि चुनिएका अध्यक्ष पौडेल र संचालक अग्रवाल कम्पनीको संचालकमा चुनिएका थिए । मर्जरको प्रस्ताव अघि नबढेपछि दुबै बीमा ऐनका अनुसार बाहिरीएका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*