नेपाल इन्स्योरेन्ससहित तीन कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

१५ फाल्गुन २०७९, सोमबार १६:३८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । प्रिमियर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र मेरो माइक्रोफाइनान्सको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर सूचीकृत भएको हो ।

प्रिमियर इन्स्योरेन्सको १४.२५ प्रतिशत दरका कुल १७ लाख ४९ हजार ४५१ कित्ता, नेपाल इन्स्योरेन्सको ८% दरका कुल ११ लाख ५७ हजार ६९६ कित्ता र मेरो माइक्रोफाइनान्सको १०% दरका कुल १२ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धित शेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*