उच्च अदालतद्धारा नायक पल शाहलाई सफाई, स–सम्मान रिहा हुँदै

१४ फाल्गुन २०७९, आईतवार १८:४५

काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । उच्च अदालतले सफाई दिएसँगै नायक पल शाह स–सम्मान रिहा हुने भएका छन् । तल्लो अदालतको फैसला माथिल्लो अदालतबाट काटिने भएकोले यसअघि जिल्ला अदालतबाट भएको फैसला खारेज भई उनी रिहा भएका हुन् ।

उच्च अदालत पोखराका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । पीडित भनिएकी युवती आफैले इजलाशमा उपस्थित भएर आफूमाथि कुनै दुव्र्यवहार नगरेको बयान दिएकी थिईन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*