बीमा प्राधिकरणले चुक्ता पुँजि नै नभएको मेट लाइफलाई अमेरिकामा लाभांश लैजान दियो स्वीकृती
काठमाडौं । नेपाल बीमा प्राधिकरणले विदेशी कम्पनीको शाखा कार्यालयको रुपमा रहेको मेट लाइफलाई लाभांश लैजान अनुमति दिएको छ ।नेपाल बीमा प्राधिकरणले मेट लाइफ इन्स्योरेन्स कम्पनीलाई लाभांश लैजान स्वीकृति दिएको हो ।
प्राधिकरणको बोर्डले कम्पनीलाई गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २० प्रतिशत लाभांश लैजान पाउने निर्णय गरेको हो ।बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई यहि चैत मसान्त भित्र न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिईसकेको छ। मेट लाइफले नेपालमा लगानी गरेको छैन । अमेरिकी शाखा कार्यालयको रुपमा सञ्चालित मेट लाइफले चुक्ता पुँजि बापत एक रुपैयाँ लगानी नगरे पनि ठूलो राजनीतिक प्रभावमा पारेर बार्षिक करोडौं रुपैयाँ विदेश लैजादै आएको छ । लगानी शून्य भएको परियोजनाबाट यति ठूलो रकम कागजी लगानीको भरमा बीमा प्राधिकरणलाई प्रभावमा पारेर मुनाफा अमेरिका लैजान लागेको हो ।
विदेशी शाखा कार्यालयको रुपमा नेपालमा संचालन गर्दै आएको कम्पनीले यअिघ जगेडा रकम संचित गर्दै आएको थियो । यो पटक बीमा प्राधिकरणले दिएको पुँजि पुराउन प्राधिकरणमा क्यापिटल प्लान पेश गरिसकेको छ। मेटलाइफ एलिको अमेरिकन लाइफ इन्स्यारेन्स कम्पनीको कम्पनीको शाखाकार्यालयको रुपमा २०५८ सालमा नेपाल भित्रिएको हो ।
सम्बन्धित क्षेत्रको नियामक (बीमा कम्पनीहरुको हकमा बीमा समिति) को सिफारिसमा नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि डलर सटही सुविधा पाइन्छ ।
नेपाल राष्ट्र बैंकको अनुमति पाएपछि मेट लाइफले ३३ करोड भन्दा बढि रकम अमेरिका लैजाने तयारी गरिरहेको छ । अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखाको रुपमा नै संचालित मेटलाइफले अहिलेसम्म शेयर पुँजी भने राखेको छैन ।