सूचना तथा संचारमन्त्री रेखा शर्मा र काठमाडौंका मेयर बालेन्द्र शाह बीच भेटवार्ता

१४ फाल्गुन २०७९, आईतवार १७:२६

काठमाडौं । सूचना तथा संचारमन्त्री रेखा शर्मा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच आज भेटवार्ता भएको छ । उक्त भेटमा विषेश गरि दुईवटा विषयमा छलफल भएको भएको हो ।

काठमाडौँ महानगर भित्रको तार व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि मन्त्री शर्मा र मेयर शाहबीच छलफल भएको छ । अव्यवस्थित तारले शहरको सुन्दरता नै घटाएको हुँदा, त्यसलाई कसरी नियमन गर्दै व्यवस्थित गर्ने भन्ने विषयमा छलफल भएको छ ।

यसलाई व्यवस्थित गर्नलाइ कारबाहिको दायरासम्म ल्याउनु पर्ने विषयमा उहाँहरु बीच छलफल भएको छ । मन्त्रीले यसलाई नियमन गर्ने ऐन बनिरहेको र त्यसलाई चाँडै समितिमा पठाउने कुरा गर्नु भएको छ । त्यसअघि हाल मौजुदा कानुन र श्रोत साधनलाई प्रयोग गरि मन्त्रालयको संयोजनमा सरोकारवालाहरु सँग छलफल गरेर तत्कालै तारलाई कसरी व्यवीस्थत गरेर शहरको सुन्दरता बढाउने भन्ने विषयमा पनि छलफल भएको थियो ।

जनताले पाउने सहि सूचनाको हक सूनिश्चिता हुनु पर्यो र व्यापक रुपमा बढिरहेको फेक न्युजलाइ कसरी मनिटर गर्ने विषयलाई लिएर पत्रपत्रिका, टेलिभिजन, रेडियो, सामाजिक संजाल, यूट्यूबलाई व्यवस्थित गर्ने भन्नेमा छलफल भएको छ। यसरी राज्यको मातहतमा नअएको कर पनि संकलन गर्न सकिने कुरा भएको छ ।

साथै, गुगल, फेसबुक, टुइटर, यूट्यूब लगायतका संजालहरुको नेपालमा कार्यलय पनि खोल्न पहल गर्ने विषयमा छलफल भएको छ । र उहाँहरु बीच राज्यसँग भएको डाटालाई कसरी सुरक्षीत गर्न सकिन्छ भन्ने पनि कुरा भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*