धनगढीमा आयोजना हुने क्यान इन्फोटेक मेलाको तयारी अन्तिम चरणमा

१४ फाल्गुन २०७९, आईतवार १२:११

काठमाडौं । कैलालीको धनगढीमा आयोजना हुन लागेको सूचना प्रविधि प्रदर्शन ‘मेला’ (क्यान इन्फोटेक) २०२३ को तयारी अन्तिम चरणमा पुगेको छ ।

कम्प्युटर एशोशियसन नेपाल कैलालीको आयोजनामा फागुन १६ गते देखि २० गतेसम्म हुन लागेको मेलाको तयारी अन्तिम चरणमा रहेको शनिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।

सुदुश्चिम प्रदेशको राजधानी कैलालीमा आयोजना हुन लागेको यस मेलाले विभिन्न प्रविधिमा पछाडि परेका सुदुरश्चिमको जिवनमा नयाँ परिवर्तन ल्याउनेमा क्यान महासंघ विश्वस्त रहेको छ ।

त्यसैगरी सवै प्रकारका प्रबिधिहरुको एउटै ठाउँमा प्रदर्शनी गरिने छ । यसका साथै प्राबिधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर सेमीनारको पनि आयोजना गरिने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*