माघ महिनामा निर्जीवन बीमा ब्यवसाय २७ प्रतिशतले घट्यो, कुनको अवस्था कस्तो ? (तथ्याङ्कसहित)

१२ फाल्गुन २०७९, शुक्रबार १७:३१

काठमाडौं । माघ महिनामा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ९८ करोड ४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज प्रकाशित गरेको विवरणअनुसार कम्पनीहरुको बीमा शुल्क आर्जक एक महिनाको अन्तरालमा २७.३८ प्रतिशतले घट्न पुगेको हो ।

गत महिना अर्थात् पुषमा १८ निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब १० करोड ४० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए । माघ महिनामा अधिकांश बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन घट्न पुगेको छ ।

१८ मध्ये ६ कम्पनीको बीमा ब्यवसाय बढेको छ भने १२ कम्पनीको ब्यवसाय घट्न पुगेको छ । एक महिनाको अन्तरालमा सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन बृद्धि गर्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्म ३८५.६५ प्रतिशतले बीमा शुल्क आर्जन बढाएको छ । पुष महिनामा ५ करोड ९८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको यस कम्पनीले माघ महिनामा २९ करोड ५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, दोस्रोमा बीमा ब्यवसाय बढाउने कम्पनीमो ओरियन्टल इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्ममा २४.४७ प्रतिशतले ब्यवसाय बढाएको छ । साथै नेशनल इन्स्योरेन्सले ९.५५ प्रतिशत, अजोड इन्स्योरेन्सले ८.१२ प्रतिशत, प्रुडेन्सियल इन्स्योरेन्सले ३.९१ प्रतिशत र युनाइटेडले ३ प्रतिशतले निर्जीवन बीमा ब्यवसाय बढाएको छ ।

साथै पुष महिनाको तुलनामा माघ महिनामा सबैभन्दा बढी व्यवसाय खस्किने कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीको यस अवधिसम्म ब्यवसाय ७०.५० प्रतिशतले घटेको छ । पुष महिनामा १ अर्ब ११ करोड १८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको यस कम्पनीले माघ महिनामा जम्मा ३२ करोड ७९ लाख रुपैयाँ मात्रै कुल बीमा शुल्क आर्जन गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*