सिटिजन लाइफ इन्स्योरेन्सको डायनामिक क्युआर पेमेन्ट सिस्टम आजबाट संचालनमा, सम्पत्ति शुद्धिकरणमा सहयोग हुने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि डायनामिक क्युआर पेमेन्ट सिस्टम संचालनमा ल्याएको छ ।
काठमाडौंको बबरमहल स्थीत कार्की ब्याङ्क्वेटमा कम्पनीको एक कार्यक्रममा ३५० भन्दा बढी अभिकर्ता एवम कर्मचारीको भव्य उपस्थितीमा कम्पनीका एक बीमितद्वारा बीमाशूल्कको प्रत्यक्ष भुक्तानी (लाइभ पेमेन्ट) गरी यस सेवाको समुद्घाटन गरिएको हो । कम्पनीले आफ्ना ग्राहकवर्गहरुको सेवा तथा सुविधालाई ध्यानमा राख्दै ई–सेवा सँगको सहकार्यमा यस सिस्टम संचालनमा ल्याएको हो ।
डायनामिक क्युआर पेमेन्ट सिस्टम सेवाले हरेक कारोबारको लागि फरक फरक क्युआर सिर्जना गर्ने र भुक्तानी गर्नसाथ आफै सिस्टममा अपडेट हुने कम्पनीले जनाएको छ । यस प्रकारको सिस्टमले सम्पत्ती सुद्धिकरणमा समेत सहयोग पुग्ने कम्पनीले जनाएको छ ।
अब सिटिजन लाइफ इन्स्योरेन्सको देशै भरिका १४० शाखा तथा उपशाखा कार्यालयहरुबाट डायनामिक क्युआरको माध्यमबाट भुक्तानी गर्न सकिनेछ । सिटिजन लाइफको “डिजिटल सिटिजन” अभियान अन्तर्गत आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज र सरल सेवा उपलब्ध गराउन कम्पनी लागि परेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्न डायनामिक क्युआर पेमेन्ट सिस्टमको माध्यमबाट बैङ्क, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।