हिमालयन एभरेष्ट इन्स्योरेन्सले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
१२ फाल्गुन २०७९, शुक्रबार १०:२९
काठमााडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले क्लेम डिपार्टमेन्टका लागि म्यानेजरियल लेभल अन्तर्गत केही संख्यामा कर्मचारी माग गरेको हो ।
सो पदका लागि कम्पनीले बिजनेश स्टडीमा न्यूनतम स्नातक तह उत्तीर्ण गरेको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिनभित्र कम्पनीको इमेल [email protected] मार्फत दरखास्त दिन सक्नेछन् ।