राष्ट्रिय बीमा संस्थानलाई योजनाहरु कागजमा सीमित नभई कार्यान्वयनमा ल्याउन जोड, चालु आर्थिक बर्षभित्रै लेखापरिक्षण गर्न सक्ने प्रतिवद्धता

११ फाल्गुन २०७९, बिहीबार १७:१०

काठमाडौं । राष्ट्रिय बीमा संस्थानलाई भएका प्रतिवद्धता पूरा गर्न राजस्व सचिव डा. राम प्रसाद घिमिरेले राष्ट्रिय बीमा संस्थानलाई निर्देशन दिएका छन् । संस्थानलाई आगामी योजनाभन्दा पनि तत्काल गर्न सक्ने कामहरुमा जोड दिन संस्थानलाई सुझाव दिए । उनले कार्यक्रममा लेखापरीक्षणको काम छिट्टै सम्पन्न गर्न निर्देशन दिइसकेको समेत बताए । उनले संस्थानको बार्षिकोत्सवको अवसरमा संस्थानको योजनाहरु कागजमा सीमित नभई समयमै कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिन आवश्यक रहेको बताए ।

त्यस्तै, उनले कर्मचारीको नियमावली पास भइसकेको समेत कार्यक्रममा बताए । मन्त्रालयका सचिवहरु हेरफेर हुँदा यस नियमावलीमा समस्या देखिएको र हाल प्रधानमन्त्री कार्यालयमा पुगिसकेको हुँदा चाँडौ नै कार्यान्वयनमा आउने उनले बताए ।

लेखापरिक्षणको समस्या थप जटिल बन्दै गईरहेको छ । राष्ट्रिय बीमा संस्थानले लेखापरीक्षणको पुरानो चाङको कारण सबै ठाँउमा नकारात्मक टिकाटिप्पणी भईरहेको भन्दै यसलाई कसरी समयमा सक्न सकिन्छ भन्ने बिषयमा गभ्भिरताका साथ लाग्न सक्ने स्थिती छ, त्यता तिर ध्यान केन्द्रित गर्न संस्थानलाई आग्रह गरे ।

संस्थानका प्रशासक कवि पाठकले कार्यक्रममा बोल्दै लेखापरिक्षण प्राथमिकतामा राखेर चालू आर्थिक वर्षमै सक्नेगरी कार्ययोजना बनाउन लागिरहे र त्यसको लागि अहिले चार्टर्ड एकाउन्टेन्ट, सेमिक्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट कन्ट्र्याक्टमा लिन लागिरहेको बताए ।

उनले कार्यक्रममा भने, हाम्रो विशेष ऐन, राष्ट्रिय बीमा ऐन २०२५ अनुसार हाम्रो अधिकृत पूँजी ५० करोड रुपैयाँ मात्र भए पुग्ने व्यवस्था छ ।त्यसो हुँदा ५ अर्ब रुपैयाँ चुक्तापूँजी पु¥याउन हामीलाई कानूनी अड्चन थियो । प्राधिकरणको उक्त निर्देशन आइसकेपछि ५ अर्ब चुक्तापूँजी पुयाउने गरी पूँजी वृद्धि योजना सञ्चालक समितिबाट स्वीकृत गरेका छौं ।

प्राधिकरणलाई पनि यसको जानकारी गराएका छौं । पूँजी थप गर्न हाम्रा तीनओटै संस्थापक नेपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बैंक लिमिटेडलाई पत्राचार गरिसकेका छौं । अहिले पूँजी वृद्धिका लागि बनाइएको मोडालिटी ७० प्रतिशत संस्थापकबाट र ३० प्रतिशत सर्वसाधारणबाट जुटाउने हो ।चालु आर्थिक बर्षभित्रै लेखापरिक्षण गर्न सक्ने गरि काम भईरहेको उनले कार्यक्रममा बताए ।

त्यस्तै, संस्थानका मनोज गौतमले प्रत्येक बार्षिकोत्सवमा अर्को बर्ष लेखापरिक्षक र कर्मचारी नियामावली आउछ भन्दै झूठा आश्वासन कति दिन सुन्ने भन्दै संस्थानका प्रशासक पाठकलाई प्रश्न गरे ।पास भयो भने म झूठो सावित हुनेछु । म खुसी नै हुनेछु । तर कागजमा मात्रै प्रत्यके बर्ष प्रतिवद्धता व्यक्त गर्नु उचित नरहेको भन्दै आक्रेश व्यक्त गरे ।

कम्पनीमा परिणत भएपछि मात्रै आईपीओ
संस्थानले तोकिएको पुँजीवृद्धि गर्न आईपीओ जारी गर्ने योजना बनाए पनि तत्काल सम्भव छैन ।संस्थानका प्रशासक कवि पाठक संसदमा पेश भएको विधेयक पारित भएपछि मात्रै संस्थान खारेज भई कम्पनीमा परिणत हुने बताउँछन् । कम्पनीमा रूपान्तरण भएपश्चात मात्रै संस्थानलाई सर्वसाधारणका लागि आईपीओ जारी गर्न बाटो खुल्ने पाठकको भनाइ छ ।

उनका अनुसार संसदमा पेश भएको बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित भएपछि मात्रै राष्ट्रिय बीमा संस्थान कम्पनीमा रूपान्तरण हुनेछ ।संसदमा पेश भएको बीमा विधेयकको दफा १७२ मा राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ खारेज हुने उल्लेख छ । राष्ट्रिय बीमा संस्थान १ वर्षभित्र पब्लिक लिमिटेड कम्पनीमा परिणत गरिने छ । र, त्यसपछि मात्रै आइपीओको प्रक्रिया अघि बढ्ने छ ।

हालसम्म संस्थान ऐनअनुसार सञ्चालन हुँदै आएको छ । जसअनुसार संस्थानको चुक्ता पुँजी ५० करोड रुपैयाँभन्दा भन्दा बढी नहुने व्यवस्था छ ।नेपालमा बीमा सेवा प्रदान गर्ने उद्देश्यले सरकारको स्वामित्वसहित २०२४ पुस १ गते राष्ट्रिय बीमा संस्थानको स्थापना भएको थियो ।

१ करोड अधिकृत पुँजीमा स्थापित कम्पनीले २०२४ फागुन ११ गतेखि व्यावसायिक कारोबार शुरू गरेको थियो । २०२५ सालमा ‘राष्ट्रिय बीमा संस्थान ऐन २०२५’ आएपछि यो संस्थानमा रूपान्तरण भयो ।
निर्जीवन बीमा मात्र गर्ने संस्थानले २०२९ देखि जीवन बीमा व्यवसायको पनि थालनी गरेको थियो । तर, २०७१ सालदेखि भने संस्थानले जीवन बीमाको व्यवसाय मात्र गर्दै आएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*