प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

११ फाल्गुन २०७९, बिहीबार ०७:१५

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (फागुन ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन १२ गते बुक क्लाजको मिति तोकेकाले आजसम्म मात्र कायम शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ६.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले फागुन २३ गते कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स तिनकुने, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी २७औं वार्षिक साधारण सभा आव्हान गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*