प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम मौका
१० फाल्गुन २०७९, बुधबार १४:५२
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (फागुन ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन १२ गते बुक क्लाजको मिति तोकेकाले भोलिसम्म मात्र कायम शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ६.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारितका लागि कम्पनीले फागुन २३ गते कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स तिनकुने, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी २७औं वार्षिक साधारण सभा आव्हान गरेको हो ।