मर्जरको अन्तिम चरणमा पुुगेको रिलायन्स लाइफमा कसको शेयर कति? , सिइओ पोखरेलले कति बुझे तलब ?
काठमाडौं । सानिमा लाइफसँग मर्जर प्रक्रियामा रहेको रिलायन्स लाइफमा सबैभन्दा बढी शेयर लगानी संचालक भरत कुमार सुवेदीको रहेको छ । कम्पनीमा उनको ३ लाख कित्ता शेयर स्वामित्व रहेको हो ।
सञ्चालक समितीका अध्यक्षको भन्दा सुवेदीको शेयर लगानी २ लाख कित्ता बढी रहेको छ । कम्पनी संचालक समितिका अध्यक्ष ताराचन्द केडियाको १ लाख कित्ता शेयर स्वामित्व रहेको छ । साथै, सञ्चालक जगदीश कुमार अग्रवालको १ लाख ५० कित्ता शेयर लगानी रहेको छ ।
त्यस्तै, सञ्चालक अमित कुमार बेगानीको १ लाख कित्ता, सञ्चालक परिक्षित खेम्का (के.डि इन्भेष्टमेन्ट) को १ सय कित्ता र सञ्चालक बन्द्री प्रकाश पोखरेलको १ सय १० कित्ता शेयर लगानी रहेको छ ।
साथै, कम्पनीका अध्यक्ष र संचालकले संचालक समिति बैठकमा सहभागि भए वापत बैठक भत्ता बापत ६ लाख ९६ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले पारिश्रमिक, भत्ता तथा सेवा सुविधा बापत ७३ लाख ५४ हजार ४ सय २६ रुपैयाँ लिएका छन् ।