श्रीलंकाको लगानी रहेको सगरमाथा इन्स्योरेन्समा कसको शेयर कति ?

१० फाल्गुन २०७९, बुधबार १४:२७

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सलाई गाभ्न लागेको सगरमाथा इन्स्योरेन्स कम्पनीको भोलि (माघ ११ गते) २६औं वार्षिक साधारण सभा बस्दैछ ।

कम्पनीले साधारण सभा हुनुभन्दा अगावै आफ्ना शेयरधनीहरुका लागि २६औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एक अर्ब ३३ करोड ३६ लाख रुपैयाँ चुक्तापुँजी रहेको सगरमाथा इन्स्योरेन्स कम्पनीमा एक प्रतिशतभन्दा माथि शेयर स्वामित्व ग्रहण गर्ने लगानीकर्ताहरुको संख्या २३ पुगेको छ ।

कम्पनीमा हाल आधारभूत शेयरधनीहरुले मात्रै ६७.०८ प्रतिशत हिस्सा ओगटेको छ । जसमा सबैभन्दा बढी सेलिन्को इन्स्योरेन्स पि.एल.सिको मात्रै २० प्रतिशत अर्थात् २६ करोड ६६ लाख ७७ हजार ८०० कित्ता शेयर स्वामित्वमा रहेको छ ।

त्यस्तै, दोस्रोमा साल्ट ट्रेडिङ कर्पोरेशनको ८ करोड १० लाख ४८ हजार ९०० कित्ता अर्थात् ६.०८ प्रतिशत हिस्सा शेयर स्वामित्व रहेको छ । साथै व्यक्तिगततर्फ दिव्यमणी राजभण्डारीको ५.२७ प्रतिशत अर्थात ७ करोड ३ लाख १२ हजार ७०० कित्ता र सनराइज बैंकको ५ प्रतिशत अर्थात् ६ करोड ६६ लाख ६८ हजार ४०० कित्ता स्वामित्वमा रहेको छ ।

त्यस्तै, ओभरसिज ट्रेडिङ कम्पनीको २.७२ प्रतिशत, नरेन्द्र कुमार अग्रवालको २.५० प्रतिशत र अशोक कुमार तोदीको २.५० प्रतिशत शेयर हिस्सा रहेको छ । साथै राम कृष्ण मानन्धर, हिमालन एण्ड कम्पनी, ज्योति एण्ड कम्पनी र भाजुरत्न एण्ड कम्पनीको १.९६ प्रतिशत शेयर स्वामित्वमा रहेको छ ।

यसका साथै रामलाल जि धापीदेवि गोल्छा च्यारिटी ट्रस्ट, लोकमान्य गोल्छा, शुसिल कुमार पन्त, सुरेन्द्र कुमार गोल्छा, अमृता पराजुली, सन्जय गोल्छा, शेखर गोल्छा, प्रदिप कुमार रुङ्गटा, चन्द्र कुमार गोल्छा र हेमन्त गोल्छाको १ प्रतिशतभन्दा बढी शेयर स्वामित्व रहेको छ । त्यस्तै, राजेन्द्र मान शेरचन र जयश्री गोल्छाको एक–एक प्रतिशत शेयर हिस्सा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*