सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा भोलि बस्दै, मर्जर सम्बन्धी अन्तिम सम्झौता पारित हुने
काठमाडौं । दुई निर्जीवन बीमा कम्पनीको वार्षिक साधारण सभा भोलि (फागुन ११)गते बस्दैछ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको एक आपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने विशेष प्रस्तावसहित छुट्टाछुट्टै स्थानमा सभा बस्नेछ ।
सगरमाथा इन्स्योरेन्सको २६औं वार्षिक साधारण सभा लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा बिहान १० बजे बस्नेछ भने लुम्बिनी जनरल इन्स्योरेन्सको १८औं साधारण सभा अमृतभोग क्याटरिङ्ग, कालिकास्थान काठमाडौंमा बिहान १० बजे बस्नेछ ।
सगरमाथा इन्स्योरेन्सको सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम गत आवको मुनाफाबाट कायम चुक्तापुँजीको १२.४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६५२६ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
साथै सो सभाले लु्म्बिनी जनरल इन्स्योरेन्ससँगको मर्जरसम्बन्धि सम्बन्धी सम्पूर्ण प्रस्तावहरु पारित गर्नेछ । कम्पनीमा संस्थापक शेयरधनी समूह अन्तर्गत नेपाली संस्थापक शेयरधनी समूहको ५१ प्रतिशत संयुक्त साझेदार, वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसी श्रीलंकाको २० प्रतिशत गरी संस्थापक शेयरधनी स्वामित्व ७१ प्रतिशत रहेकोमा नेपाल बीमा प्राधिकरणको सैद्धान्तिक सहमति बमोजिम नेपाली संस्थापक शेयरधनी समूहले धारण गरेको ५१% शेयर मध्ये २०% शेयरहरु समानुपातिक रुपमा सर्वसाधारण शेयरधनी समूहमा परिणत गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनार्थ माघ २७ गते एकदिनका लागि बुकक्लोजगरेको थियो । यसर्थ माघ २६ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
साथै लुम्बिनी जनरल इन्स्योरेन्सको सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ६.९९ प्रतिशतले हुन आउने ९ करोड १७ लाख रुपैयाँ बराबरको बोनस र कर प्रयोजनको लागि ०.३६७९ प्रतिशतले हुन आउने ४८ लाख २९ हजार रुपैयाँ बराबरको नगद लाभांश पारित गर्नेछ ।
यस्तै लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच भएको मर्जर सम्बन्धी भएको अन्तिम सम्झौतालाई अनुमोदन गर्ने तयारी पनि गरेको छ । मर्जर पश्चात बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी कायम गर्ने तथा नयाँ बन्ने कम्पनीको दर्ता नम्बर, प्रबन्धपत्र नियमावली मू.अ.क दर्ता प्रमाणपत्र, बीमकको इजाजतपत्र नम्बर समेत साविक सगरमाथा इन्स्योरेन्सको कायम रहेने प्रस्ताब पारित पारित गर्नेछ ।
दुई कम्पनी एक आपसमा गाभिए पश्चात डिडिए मूल्यांकन प्रतिवेदनको आधारमा कायम हुन आएको सगरमाथाको १०० कित्ता बराबर लुम्बिनी जनरलको ८० कित्ता कायम हुने गरी स्वाप रेशियोलाई स्वीकृत समेत गर्नेछ ।
सभाले आर्थिक वर्ष २०७८।७९ को बार्षिक प्रतिवेदन उपर छलफल गरेर पारित गर्ने र नयाँ लेखा परिक्षक नियुक्त गर्ने भएको छ । साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले माघ २७ गते बुक बुकक्लोज गरेको थियो । त्यस अनुसार माघ २६ गतेसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।