नेशनल लाइफको ३६ औं बार्षिकोत्व आज, देशव्यापी रुपमा भव्य मनाइदै, गुणस्तरीय बीमा सेवाको प्रतिबद्धता
काठमाडौं । जीवन बीमाको दीगो विकास लक्ष्यको अभियानमा अघि बढिरहेको नेशनल लाइफले आज ३६ औं बार्षिकोत्सव भव्य रुपमा मनउँदैछ । देशको दोस्रो ठूलो जीवन बीमा कम्पनी नेशनल लाइफले आज ३६ औं बार्षिकोत्सव भव्य रुपमा मनाउँदै छ ।
कम्पनीले बार्षिकोत्सवको अवसर पारेर आज देशैभरिका शाखा कार्यालयहरुले बृद्धाश्रम तथा बालगृहमा पुगेर खाना खुवाउने कार्यक्रम सम्पन्न गरेका छन् । ३६ औं बार्षिकोत्सवको अवसरमा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटदेखि देशैभरिका कार्यालयहरुमा रक्तदान कार्यक्रम राखिएको छ । नेशनल लाइफको केन्द्रीय कार्यालयमा विहान १०ः३० बजदेखि रक्तदान कार्यक्रम आयोजना हुने कम्पनीले जनाएको छ ।
२०४४ साल फागुन १० गते सोमबार स्थापना भएको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आजबाट ३६ औं वर्षमा प्रवेश गरेको छ । आम जनतालाई विश्वस्तरीय बीमा सेवा दिने उद्देश्यले संस्थापित नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आजको दिनसम्म आईपुग्दा देशको तेस्रो ठूलो कम्पनीको रुपमा आम जनतालाई सरल र सर्वसुलभ रुपमा बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।
संस्थापक लगानीकर्ताको ५५ प्रतिशत र सर्वसाधारण समुहको ४५ प्रतिशतले शेयर लगानी रहेको कम्पनी जीवन बीमाको दीगो लक्ष्य लिएर अघि बढिरहेको छ । चार अर्ब ६४ करोड रुपैयाँ चुक्ता पुँजि सहित दोस्रो स्थानमा रहेको छ ।
प्रविधिको सहायताबाट सरल र सर्वसुलभ बीमा सेवा प्रवाह गर्न प्रतिबद्ध रहँदै आएको नेशनल लाइफले जीवन बीमा कोषमा ५६ अर्ब १५ करोड ९१ लाख ३४ हजार ७१३ रुपैयाँ संचिती गर्न सफल भएको छ । अधिकतम् ८५ रुपैयाँ घोषित बोनस दर रहेको नेशनल लाईफ इन्स्योरेन्स कम्पनी नेपालकै सर्वाधिक बोनस दिने कम्पनी हो । नेपालकै सर्वाधिक बोनस दिने कम्पनी भएकोले देशको चरम आर्थिक संकटको अवस्थामा समेत उल्लेख्य प्रगति गरेर अघि बढ्न सफल हुँदै आएको छ ।
बीमितलाई अधिकतम लाभ, लगानीकर्ताहरुलाई समुचित प्रतिफल तथा आम सर्वसाधारणलाई सरल बीमा सेवा प्रवाह गर्दै आएको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले हाल देशका ११७ वटा शाखा र उपशाखा कार्यालयमार्फत बीमा सेवा प्रवाह गर्दै आइरहेको छ । देशैभरि फैलिएका एक लाख भन्दा बढि बीमा अभिकर्ता, हजारौं एजेन्सी म्यानेजर तथा सिनियर एजेन्सीहरुमार्फत आम जनतामा बीमा सचेतना फैलाउँदै आएको कम्पनीले पछिल्लो समय बीमा व्यवसायमा दरिलो उपस्थिति दर्शाउदै अघि बढिरहेको छ । कम्पनीमा ४६० जना कर्मचारीहरु कार्यरत रहेका छन् ।
३६ औं बार्षिकोत्सवको अवसरमा कम्पनीका सिईओ सुरेश प्रकाश खत्रीले आम जनताको माँझमा जीवन बीमाको व्यवसायिक अभ्यास, प्रविधिमैत्री, पारदर्शीता, विश्वसनीयता र इमान्दारितालाई मुख्य मार्गदर्शक सिद्धान्तको रुपमा अंगालेर अघि बढ्दै देशकै सर्वाधिक लोकप्रिय कम्पनी बनाउने प्रतिबद्धता जनाएका छन् । सिईओ खत्रीले कम्पनीले सबैलाई आर्थिक स्वतन्त्रता प्रदान गर्ने, आम जनताको जीवनमा आईपर्ने जोखिमलाई बहन गर्ने सिद्धान्तबाट अभिप्रेरित नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आज बार्षिकोत्सवको अवसरमा जीवन बीमा अझै सरल, सहज र प्रविधिमैत्री तथा अत्याधुनिक बनाएर अघि बढ्ने प्रतिबद्धता कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले व्यक्त गरेका छन् ।
बार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई आजको अवस्थामा पुर्याउन योगदान गर्ने सबै पूर्व सिईओ तथा अध्यक्षहरु, कर्मचारीहरु, बीमा गर्ने बीमितहरु तथा बीमा अभिकर्ता र नियामक निकायलाई धन्यवाद ज्ञापन गरेका छन् ।
सिईओ खत्रीले आगामी दिनमा कम्पनीको बोनस घट्न नदिई बृद्धि गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाउँदै आजको दिनमा सबैलाई खुशी मनाउन आह्वान गरेका छन् ।