सुशासन कायम गर्न, अस्वस्थ प्रतिस्पर्धा नगर्न र पारदर्शीरुपमा काम गर्न बीमा कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन

९ फाल्गुन २०७९, मंगलवार १४:४६

काठमाडौं । नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयको आयोजनामा नेपाल इन्स्योरेन्स प्रोफेशनल्स सोसाइटी (निप्स), पोखरा च्याप्टरसँग यही फागुन ८ गते पोखरामा बीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सुशासन कायम गर्न, अस्वस्थ प्रतिस्पर्धा नगर्न र पारदर्शीरुपमा काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष सिलवालले बीमा सर्भेयरहरुले समयमा नै प्रतिवेदन बुझाउनुपर्ने, एउटै सर्भेयरसँग धेरै फाइलहरु थन्किएर रहने अवस्था हटाउनुपर्ने र बीमा कम्पनीहरुले समयमै सर्भेयर शुल्क भुक्तानी गर्नुपर्ने बताए ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा ऐन बमोजिम एक कम्पनी एक अभिकर्ताको व्यवस्था कार्यान्वयनमा आएको र अभिकर्ताको परीक्षा अनलाइनबाट हुने व्यवस्था गरिएको जानकारी दिए ।
कार्यक्रममा सहभागी सर्भेयरहरुले सर्भेयरको परिक्षा, बर्गीकरण तथा संस्थागत योग्यताको व्यवस्था, सर्भेयर शुल्क, सर्भेयर पेशाको भविष्य, सर्भेयर पेशाप्रतिको आकर्षण लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*