नेको इन्स्योरेन्सद्धारा ७ महिनामा ७ हजार १३६ दावी भुक्तानी, बीमितले पाए ७२ करोड
काठमाडौं । दावी भुक्तानी प्रक्रियालाई चुस्त दुरुस्त बनाउने अभियान चलाएको नेको इन्स्योरेन्स कम्पनीले चालु आवको ७ महिनामा सात हजार १३६ वटा दावी भुक्तानी प्रक्रिया सम्पन्न गरेको छ । दावी भुक्तानीको लागि अण्डरराईटिङलाई बलियो पार्दै विशेष अभियान सञ्चालन गरेकोक कम्पनीले गत आवको असार मसान्तसम्मको बक्यौता दावी भुक्तानी ७४ प्रतिशत फस्र्यौट गर्न सफल भएको छ ।
कम्पनीले सञ्चालन गरेको दावी भुक्तानी अभियानले उत्कृष्ट नतिजा दिएको सिईओ अशोक कुमार खड्काले बीमापोष्टलाई जानकारी दिए । अभियानको क्रममा गत आवसम्मको बक्यौतामध्ये ३६७२ वटाको ५२ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै चालु आवकै साउन महिनायता परेका दावी मध्ये ३४६४ वटा दावी मार्फत १९ करोड ८० लाख रुपैयाँ भुक्तानी हो । कम्पनीमा चालु आवको माघ महिनासम्ममा कूल ३४ करोड ७३ लाख रुपैयाँको दावी भुक्तानी परेको थियो । चालु आवमा परेका दावी भुक्तानी चालु आवमै फस्र्यौट गरिसक्ने कम्पनीले स्पष्ट नीति लिएर काम गरिरहेको जनाएको छ ।
कम्पनीले किसान र गरिबहरुलाई तत्कालै बोलाएरै दावी भुक्तानी दिने नीति अख्तियार गरेको जनाएको छ । सिईओ खड्काले कृषि बीमा गरेका किसानलाई पशु तथा बाली बीमाको दावी भुक्तानी तत्कालै दिइने नीति लिइएको बताए । त्यस्तै अन्य बीमा दावी भुक्तानीका लागि कागजात पुरा हुनासाथै गर्ने व्यवस्था मिलाइएको छ । कम्पनीले देशैभरिका शाखा कार्यालयहरुलाई बीमितले पाउने दावीहरुको यथाशीघ्र दावी भुक्तानी दिने नीतिमा कम्पनी दृढ भएर कार्यान्वयन गर्न निर्देशन दिएकोले चालु आवमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको देखिएको छ ।