माधव कुमार नेपाल एमालेमा फर्कदै, भैरहवामा वार्ता जारी

८ फाल्गुन २०७९, सोमबार २३:०२

काठमाडौं । राष्ट्रपति पाउने भएपछि एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल एमालेमा फर्कने लगभग निश्चित भएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै माधव कुमार नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव गरेपछि माधव कुमार नेपाल आफ्ना १० जना सांसदसहित एमालेमा फर्कन तयार भएका हुन् ।

एमालेमा फर्कने, आत्मालोचना गर्ने तयार भएमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव गरेपछि दुर्ई पार्टी बीचको आजै एकता प्रक्रिया सुरु भएको छ । एकीकृत समाजवादीका अध्यक्ष पार्टीका मेटा मेटमणि चौधरीसहित भैरहवा पुगेका छन् भने अर्थमन्त्री तथा उपप्रधानमन्त्री र सभामुख देवराज घिमिरे समेत भैरहवा पुगेका छन् ।

माधव नेपाल आज साँझ ७ः४१ बजेको बुद्ध एयरको उडान नं ५६१ बाट भैरहवा पुगेको स्रोतले जनाएको छ । नेपाल राति ८ः१२ बजे भैरहवा अवतरण गरेर वार्तास्थलमा पुगेका छन् ।

स्रोतका अनुसार दुवै पक्षका बीचमा आज वार्ता भइरहेको छ । वार्तापछि छिट्टै पार्टी एकताको घोषणा हुनेछ भने राष्ट्रपतिमा एमालेको तर्फबाट माधव कुमार नेपाल उम्मेदवार बन्नेछन् । त्यस्तो अवस्थामा एमाले सबैभन्दा ठूलो पार्टी बन्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*