चीनले देख्यो प्रचण्डमा धोका दिने बदनियत, काठमाडौंस्थित चिनियाँ राजदूत चेङ सङले दिए प्रम प्रचण्डलाई बल प्रयोग गर्ने चेतावनी

७ फाल्गुन २०७९, आईतवार १८:३१

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले बदनियतपूर्वक राष्ट्रपतिमा एमालेलाई धोका दिई अमेरिकी लविङका व्यक्तिलाई बनाउने प्रक्रियामा अघि बढेपछि उत्तरी छिमेकी राष्ट्र चीन स्तब्ध बन्न पुगेको छ ।

नेपालको सन्दर्भमा बिरलै स्तब्ध र आक्रोसित बन्ने चीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकासँग मिलेर छिमेकीलाई धोका दिने प्रयत्न इतिहासमै पहिलो पटक स्तब्ध र आक्रोसित बन्न पुगेको छ । इतिहासको सबैभन्दा तरल राजनीतिक अवस्थाका बीचबाट नेपालको राजनीति अघि बढिरहेको बेला प्रधानमन्त्री प्रचण्डले चालेको चालले स्वयम् सत्ताधारी माओवादी गठबन्धन मात्रै नभएर नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रकै लागि समेत निकै खतरनाक सावित हुनसक्ने चर्चा राजनीतिक र कृटनीतिक वृत्तमा चल्न थालेको छ ।

बेत्रावती सन्धी यता नेपालको उत्तरी छिमेकी चीन सहयोग र मित्र राष्ट्रको भूमिका रहँदै आएको छ । नेपालमा ३० वर्षसम्म चलेको पञ्चायती शासन व्यवस्थामा तत्कालिन नेपाल सरकारसँग मिलेरै काम गरेको चीनले बहुदल स्थापनासँगै नेपालको सत्तामा भारतीय हस्तक्षेपसँगै टाढिदै गएको थियो । माओको नाममा चलेको १० वर्षे जनयुद्धमा जनपक्षियता र बर्गीय मुद्दा उठाएको माओवादीलाई विश्वासनै गर्न नसकेको चीनले शान्ति प्रक्रियामार्फत माओवादीको उदयसँगै जनताको कमाण्डर प्रचण्डसँगै धेरै आशा राखेको थियो । तर, प्रधानमन्त्री प्रचण्डले पछिल्ला दिनहरुमा अमेरिकी र भारतीय डिजाइनमा चीन विरोधी काम अघि बढाउन थालेपछि चीन आक्रोसित र स्तब्ध मात्रै भएको छैन, बेत्रावती सन्धीपछि पहिलो पटक बल प्रयोग गर्ने धम्की दिएको छ ।

 

काठमाडौंस्थित चीनियाँ राजदूत चेन सङले आज ट्वीटरमा कडा प्रतिक्रिया दिँदै म्यानमार शैली वा अन्य कुनै शैलीका सैन्य बल प्रयोग गर्ने कडा चेतावनी जारी गरेका छन् । प्रचण्डले क्षेत्रीय सुरक्षामाथि खलल पुग्ने गरी सुवेदी थरका भारतीय र अमेरिकी एजेन्टलाई राष्ट्रपति नियुक्ती गर्न कांग्रेससँग अघि बढाएपछि काठमाडौंस्थित चीनियाँ अधिकारीहरु आक्रोसित बन्न पुगेका हुन् । राजदूत सङले ट्वीटरमार्फत प्रधानमन्त्री प्रचण्डलाई कडा चेतावनी दिँदै भनेका छन्, ‘यो साता कडा परिश्रम गरियो, आरामको लागि मार्शल आर्ट गरौं’ भन्ने स्टाटस लेख्दै चीनका कुना कुनामा र जनावरहरुमा समेत मार्शल आर्ट निकै लोकप्रिय रहेको उल्लेख गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*