पुँजिवृद्धिको लागि पाँच बीमा कम्पनीले संस्थापक शेयर तथा राइट शेयर जारी गर्दै (वित्तिय अवस्था सहित)

रिना खत्री
७ फाल्गुन २०७९, आईतवार १५:२७

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा प्राधिकरणले कम्पनीहरुलाई न्यूनतम चुक्ता पुँजि पुराउन निर्देशन दिईसकेको छ।बीमा प्राधिकरणको निर्देशन अनुरुप अधिंकाश बीमा कम्पनीहरुले चुक्ता पुँजिको लागि मर्जर प्रस्ताव अघि बढाएका छन् ।

चुक्ता पुँजि पुराउन मर्जरको योजनामा रहेका छन् भने पाँच कम्पनी भने संस्थापक सेयर तथा राइट सेयर जारी गरेर चुक्तापुुँजी पुँजि पुराउने योजना सहित बीमा प्राधिकरण पुगेको छ। पाँच निर्जीवन बीमा कम्पनीले संस्थापक सेयर र हकप्रद नै थप गरेर चुक्तापुँजी बढाउन लागेका हुन् । त्यस्तै, लाइफतर्फ भने चार कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न समेत अनुमति पाईसकेको छ। तर नेपाल धितोपत्र बोर्डले भने यस बिषयमा कुनै प्रतिकृया जनाएको छैन ।

जीवन बीमा तर्फ सिटिजन लाइफ, सन नेपाल लाइफ, आईएमई लाइफ र रिलायवल लाइफले संस्थापक सेयर चुक्तापुँजी बढाउने योजना बीमा प्राधिकरणमा पेश गरेका छन् । निर्जीवनतर्फ भने एनएलजी इन्स्योरेन्सले संस्थापक सेयर थप गरेर पुँजी बढाउने योजना प्राधिकरणमा पेश गरेको छ ।

सिटिजन लाइफ, सन नेपाल, आइएमई लाईफ, रिलायवल र एनएलजी इन्स्योरेन्स कम्पनीले भने संस्थापकले थप गर्ने योजना पेश गरेको बीमा प्राधिकरणले जनाएको छ।जसअनुसार उक्त कम्पनीहरुको संस्थापक सेयरधनीहरुले आवश्यकअनुसार पुँजी थप गर्नेछन् । साथै, सर्वसाधारणले पनि सोही अनुपातमा हकपद सेयर खरिद गर्न पाउने छन् ।

हाल जीवन बीमा कम्पनीको २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ न्यूनतम चुक्तापुँजी हुनुपर्ने व्यवस्था छ । तर, आगामी चैत मसान्त भित्र जीवन कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्तापुँजी पुर्याउनुपर्ने बीमा प्राधिकरणको निर्देशन छ ।

प्राधिकरणले गत चैत महिनामै परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको थियो । त्यसपछि अधिकांश बीमा कम्पनीहरुले मर्जर मार्फत चुक्तापुँजी पुर्याउँदै छन् । तर, यी ५ कम्पनीले भने संस्थापक सेयर थप गर्ने निर्णयमा पुगेका हुन् ।
प्राधिकरणका अनुसार हालसम्म १९ बीमा कम्पनी मर्जर प्रक्रियामा गइसकेका छन् । यी बाहेक नेपाल लाइफ, नेशनल लाइफ र नेको इन्स्योरेन्सको पहिलानै तोकिएको चुक्तापुँजी कायम गरिसकेका छन् । यसका अलावा प्रुडेन्सियल, नेपाल, आइएमई जनरल इन्स्योरेन्स भने मर्जरको लागि पाटर्नर खोजी रहेका छन् । तर, एशियन लाइफ र प्रभु इन्स्योरेन्सको भने चुक्तापुँजी बढाउने योजना अन्योलमा छ ।

हकप्रद शेयर जारी गर्ने कम्पनीको वित्तिय अवस्था

सिटिजन लाइफ इन्स्योरेन्स
जीवन बीमाको दीगो लक्ष्य पछ्याउँदै अघि बढेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको छ महिनामा उत्साहप्रद प्रगति गर्न सफल भएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष ५५.४० प्रतिशतले बृद्धि गर्न सफल भएको छ भने मुनाफा र आम्दानी दुवै बढाएर आफूलाई अब्बल कम्पनीको रुपमा स्थापित गर्न सफल भएको छ ।

जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोष निकै महत्वपूर्ण हुन्छ । दीगो विकास लक्ष्य पछ्याएको सिटिजन लाइफले स्थापनाको छोटो अवधीमा नै सात अर्ब ५९ करोड ४६ लाख ५५ हजार रुपैयाँको शक्तिशाली कोष खडा गर्न सफल भएको छ । गत आवको यसै अवधीमा चार अर्ब ८८ करोड रुपैयाँको कोष रहेको कम्पनीमा यसआवको समीक्षा अवधीसम्म आइपुग्दा जगेडा कोष र महाविपत्ति कोष समेत गरी कूल आठ अर्ब ९८ करोड ९५ लाख ४७ हजार रुपैयाँको शक्तिशाली कोष खडा गर्न सफल भएको हो ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा प्रगति देखिएको छ ।

पुष मसान्तसम्म कम्पनीले ५ अर्ब ६२ करोड ९६ लाख रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । कम्पनीको बीमा कोषको आकार गत आवको तुलनामा ५५.८१ प्रतिशतले बढेको हो । गत आवको यसै अवधिसम्म कम्पनीको यस्तो कोषमा ३ अर्ब ६१ करोड ३१ लाख रुपंैयाँ संचिती रहेको थियो ।

जीवन बीमा कोषको आकारसँगै कम्पनीले जगेडा कोषको आकार २८.१३ प्रतिशत र महाविपत्ती कोषको आकार ३२.२१ प्रतिशतले बढाउन सफल भएको छ । ओभरलमा कम्पनीको कोषमा जम्मा रकम ७ अर्ब ४ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, चालु आवको पुष मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क भने केही घट्न पुगेको छ । यस अवधिसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन १०.७४ प्रतिशतले घटेर एक अर्ब ७२ करोड २५ लाख रपैयाँमा सीमित भएको छ । तर कम्पनीको बीम शुल्क आर्जन घटेपनि लगानी, कर्जा तथा कमिशन वा अन्य आयत भने ५८.९६ प्रतिशतले बढ्न पुगेको छ । यस्तो आम्दानी बढेर ४१ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।

आम्दानी बढेसँगै कम्पनीको खुद नाफा समेत २१.९१ प्रतिशतले बढेर २२ करोड ४७ हजार रुपैयाँ पुगेको छ । आय र नाफा बढेपनि कम्पनीको व्यवस्थापन खर्च १.९० प्रतिशतले बढेका कारण अभिकर्ता कमिशन १४.२७ प्रतिशत घटेर २४ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ ।

यस अवधिसम्म कम्पनीको जारी बीमा पोलिसी संखया समेत २१.६९ प्रतिशतले घटेर ३६ लाख ७६ हजार ४१ मा कायम भएको छ । पुष मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्तापुँजी शतप्रतिशतले बढेर २ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी जम्मा २ प्रतिशतले बृद्धि भई दुई अर्ब ४६ करोड ७६ लाख ७५ हजार रुपैयाँ संकलन भएको छ । कम्पनीले कूल बीमा शुल्क बापत दुई अर्ब ६६ करोड ४९ लाख ८२ हजार रुपैयाँ संकलन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आवको यसै अवधीमा दुई अर्ब ४८ करोड ३१ लाख ६४ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको थियो । कम्पनीको कूल बीमा शुल्क आम्दानी ७ प्रतिशतले बृद्धि भएको देखिएको छ ।

त्यस्तै, कम्पनीको खुद दावी भुक्तानी ५० करोडबाट बढेर ७२ करोड पुगेको छ । नयाँ कम्पनी भएकोले दावी भुक्तानी केही बढेको देखिएको हो । कम्पनीको लगानी, कर्जा तथा बीमालेख धितोमा कर्जाबाट प्राप्त आम्दानी ५६ प्रतिशतले बृद्धि भई ३२ करोडबाट बढेर ५१ करोड २२ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छ । त्यस्तै,कम्पनीको व्यवस्थापन खर्च १९.५४ प्रतिशतले घटाएर मितव्ययी बनेको देखिएको छ । स्रोत परिचालनबाट हुने आम्दानी उच्च अंकले बृद्धि हुनु र आर्थिक संकटका बीचमा कम्पनीको खर्च उच्च अंकले घटाउन सफल भएको तथ्याङ्कमा कुशल व्यवस्थापन र चुस्तदुरुस्त प्रशासनको तस्विर झल्किएको छ ।

कम्पनीले आफ्ना अभिकर्तालाई दिने कमिशन रकममा १८ प्रतिशतले घटेर ४१ करोडबाट झरेर ३४ करोडमा आएको छ ।

सिटिजन लाइफको खुद नाफा ११ करोडबाट बढेर १२ करोड तीन लाख ६६ हजार पुगेको छ । जुन अघिल्लो आवको तुलनामा ९.१५ प्रतिशतले बढि हो । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्नेछ ।

कम्पनीको हाल कायम पोलिसी संख्या १६ प्रतिशतले बृद्धि भई दुई लाख २१ हजारबाट बढेर दुईलाख ५६ हजार नाघेको छ । समग्रमा सिटिजन लाईफको वित्तीय अवस्था उत्साहप्रद प्रगति देखिएका छ भने दीगो विकास लक्ष्य पछ्याएको तथ्य वित्तीय विवरणबाट पुष्टि हुन आएको छ ।

सन नेपाल लाइफ
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार अपरिष्कृत वित्तिय विविरण अनुसार यस त्रैमाससम्म्मा कम्पनीको मुनाफा ३ सय प्रतिशले बढेको छ।

गत आर्थिक बर्षमा ८ करोड मुनाफा आर्जन गरेको कम्पनीले यस त्रैमासमा ३५ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको हो ।
त्यस्तै, कम्पनीको कुल बीमाशुल्क आर्जन ४१ प्रतिशत र खुद बीमाशुल्क आर्जन २० प्रतिशतले बढेको छ ।

कम्पनीको कुल बीमाशुल्क आर्जन गत आर्थिक बर्षको तुलनामा ४१ प्रतिशतले बढेर १ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ।
त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन २० प्रतिशतले बढेर १ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो ।
कम्पनीले यस त्रैमाससम्ममा ३७ करोड रुपैयाँ कुल दाबी रकम भुक्तानी गरेको छ भन २४ लाख रुपैयाँ भुक्तानी हुने प्रकृयामा रहेको छ।

त्यस्तै, कम्पनीको हालको चुक्ता पुँजि २ अर्ब २४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७३ करोड र जीवन बीमा कोषमा ४ अर्ब २४ करोड रुपैयाँ रहेको छ।

आईएमई लाइफ
आईएमई लाइफले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीले प्रकाशन गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले आफूलाई अब्बल कम्पनीको रुपमा स्थापित गर्न सफल भएको छ । जीवन बीमा कोषको आकार उच्च अंकले बृद्धि हुनु, मुनाफामा फराकिलो बृद्धि हासिल गर्नु जस्ता तथ्याङ्कले कम्पनीको प्रगति झल्किएको छ ।

आईएमई लाइफले स्थापनाको छोटो अवधीमा नै पाँच अर्ब ४७ करोड ९४ लाख सात हजार रुपैयाँको शक्तिशाली जीवन कोष खडा गर्न सफल भएको छ । गत आवको यसै अवधीमा तीन अर्ब ८७ करोड रुपैयाँको कोष रहेको कम्पनीमा यसआवको समीक्षा अवधीसम्म आइपुग्दा जगेडा कोषमा एक अर्ब चार करोड रुपैयाँ संचिती गर्न सफल भएको छ । महाविपत्ति कोष समेत गरी कूल छ अर्ब ६३ करोड ७४ लाख ४० हजार रुपैयाँको शक्तिशाली कोष खडा गर्न सफल भएको हो । कम्पनीको समग्र कोषको आकार ४७ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । जीवन बीमा कम्पनीहरुको बलियोपना जीवन बीमा कोषको आकार र बृद्धिको आधारमा मापन गरिन्छ ।
कम्पनीको खुद बीमा शुल्क आम्दानी १७ प्रतिशतले बृद्धि भई एक अर्ब ८६ करोड ९५ लाख ३५ हजार रुपैयाँ संकलन भएको छ । गत आवको यसै अवधीमा कम्पनीले एक अर्ब ५९ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । कम्पनीको खुद दावी भुक्तानी केही बढेको देखिएको छ । नयाँ कम्पनी भएकोले सुरुमा दावी नहुने र विस्तारै दावी पर्न थालेपछि बृद्धि भएको देखिएको हो ।

कम्पनीको लगानी, कर्जा तथा बीमालेख धितोमा कर्जाबाट प्राप्त आम्दानी १८ प्रतिशतले बृद्धि भई ३१ करोडबाट बढेर ३७ करोड पाँच लाख ९२ हजार रुपैयाँ आर्जन गरेको छ । स्रोत परिचालनबाट हुने आम्दानी उच्च अंकले बृद्धि हुनु र व्यवस्थापन खर्च औषत रहनुले कम्पनीमा कुशल व्यवस्थापन रहेको तथ्य उजागर गरेको छ । कम्पनीको व्यवस्थापन खर्च गत आवकै बराबर २५ करोड रुपैयाँ रहेको छ । कम्पनीले आफ्ना बीमा अभिकर्तालाई दिने कमिशन रकममा २० प्रतिशतले कमी आएको छ ।

आईएमई लाइफको खुद नाफा सात करोडबाट ५०.९७ प्रतिशतले बृद्धि भई ११ करोड ७६ लाख पुग्न सफल भएको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्नेछ । आम्दानी र व्यवसाय दुवैमा आएको बृद्धिका कारण कमपनीको मुनाफामा बृद्धि भएको हो । कम्पनीको व्यवसाय बृद्धि अन्य कम्पनीहरुको तुलनामा सबैभन्दा धेरै हो ।

कम्पनीको हाल कायम पोलिसी संख्या ५५ प्रतिशतले बृद्धि भई दुई लाख १५ हजारबाट बढेर तीन लाख ३३ हजार वटा पोलिसी हाल कायम रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ८.४१ रुपैयाँ रहेको छ । प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३३७.०५ रहेको छ । कम्पनीको चुक्ता पुँजि बृद्धि गरी दुई अर्ब ६२ करोड ५० लाख पुगिसकेको छ । गत आवमा कम्पनीको चुक्ता पुँजि एक अर्ब ७५ करोड रुपैयाँ थियो । बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजि पुर्याउन कम्पनीले पुँजि थप गरेको हो ।

रिलायबल नेपाल लाइफ

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा प्रगति देखिएको छ ।

पुष मसान्तसम्म कम्पनीले ५ अर्ब ६२ करोड ९६ लाख रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । कम्पनीको बीमा कोषको आकार गत आवको तुलनामा ५५।८१ प्रतिशतले बढेको हो । गत आवको यसै अवधिसम्म कम्पनीको यस्तो कोषमा ३ अर्ब ६१ करोड ३१ लाख रुपंैयाँ संचिती रहेको थियो ।

जीवन बीमा कोषको आकारसँगै कम्पनीले जगेडा कोषको आकार २८।१३ प्रतिशत र महाविपत्ती कोषको आकार ३२।२१ प्रतिशतले बढाउन सफल भएको छ । ओभरलमा कम्पनीको कोषमा जम्मा रकम ७ अर्ब ४ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, चालु आवको पुष मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क भने केही घट्न पुगेको छ । यस अवधिसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन १०।७४ प्रतिशतले घटेर एक अर्ब ७२ करोड २५ लाख रपैयाँमा सीमित भएको छ । तर कम्पनीको बीम शुल्क आर्जन घटेपनि लगानी, कर्जा तथा कमिशन वा अन्य आयत भने ५८।९६ प्रतिशतले बढ्न पुगेको छ । यस्तो आम्दानी बढेर ४१ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।

आम्दानी बढेसँगै कम्पनीको खुद नाफा समेत २१।९१ प्रतिशतले बढेर २२ करोड ४७ हजार रुपैयाँ पुगेको छ । आय र नाफा बढेपनि कम्पनीको व्यवस्थापन खर्च १।९० प्रतिशतले बढेका कारण अभिकर्ता कमिशन १४।२७ प्रतिशत घटेर २४ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ ।

यस अवधिसम्म कम्पनीको जारी बीमा पोलिसी संखया समेत २१।६९ प्रतिशतले घटेर ३६ लाख ७६ हजार ४१ मा कायम भएको छ । पुष मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्तापुँजी शतप्रतिशतले बढेर २ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।

एनएलजी इन्स्योरेन्स

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार कम्पनीको अधिकांस सूचकमा उल्लेख्य प्रगति देखिएको छ ।

चालु आवको पुष मसान्तसम्ममा कम्पनीले १० करोड ६६ लाख ५२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो मुनाफा गत वर्षको तुलनामा ३.६२ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिसम्म एनएलजीले १० करोड २५ लाख २४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चालु आवको ६ महिनासम्म आइपुग्दा कम्पनीले एक अर्ब २० करोड ३८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको बीमा ब्यवसाय समेत बढ्न पुगेको देखिएको छ । यो ब्यवसाय गत वर्षको तुलनामा ०.२८ प्रतिशत बढी हो । गत वर्षको यसै अवधिसम्म कम्पनीले १ अर्ब २० करोड रुपैयाँ मात्रै कुल बीमा शुल्क आर्जन गरेको थियो ।

साथै यस अवधिसम्म कम्पनीको बीमा कोषको आकार समेतम ११.७५ प्रतिशत बढेर कोषमा एक अर्ब २० करोड रुपैयाँ संचिती रहेको छ । साथै जगेडा कोषको आकार ६.६३ प्रतिशत घटेको छ भने महाविपत्ती कोषको आकार २१.९९ प्रतिशतले बढेको छ ।

यसका साथै कम्पनीको यस अवधिसम्म खुद दाबी भुक्तानी २३ करोढ २४ लाख रुपैयाँ रहेको छ भने लगानी कर्जा तथा आय २८ करोड ६३ लाख रुपैयाँ र व्यवस्थापन खर्च १६ करोड ७२ लाख रुपैयाँ रहेको छ । साथै कम्पनीको हाल जारी बीमा पोलिसी संखया १ लाख ६५३ रहेको छ ।

चालु आवको पुष मसान्तसम्म कम्पनीको चुक्तापुँजी १० प्रतिशत बढेर एक अर्ब ३२ करोड ६६ लाख रुपैयाँ पुगेको छ भने कम्पनीको प्रतिशेयर आम्दानी १६.०८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २२१.१५ रुपैयाँ र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ३१४ रुपैयाँ १४ पैसा रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*