मर्जर प्रक्रियामा रहेको लुम्बिनी जनरल इन्स्योरेन्समा कसको लगानी कति ?

७ फाल्गुन २०७९, आईतवार १२:५४

काठमाडौं । मर्जरको प्रक्रियामा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को १८औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

सगरमाथा इन्स्योरेन्ससँग १००ः८० अनुपातमा गाभ्न लागेको लुम्बिनी जनरल इन्स्योरेन्समा सबैभन्दा बढी शेयर स्वामित्व लुम्बिनी विकास बैंकको रहेको छ । बैंकको कम्पनीमा ११ लाख ७९ हजार ४२८ कित्ता शेयर स्वामित्वमा रहेको छ ।
यसका साथै ब्यक्तिगत लगानीतर्फ मनोहर दास मुलको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा ११ लाख ५७ हजार ३९४ कित्ता शेयर स्वामित्वमा रहेको छ ।

त्यस्तै, अरुण राज श्रेष्ठको २ लाख ८३ हजार ८९५ कित्ताँ, विश्वराज रेग्मीको १ लाख ३० हजार ३८२ कित्ता, कमल भट्टराई (सर्वसाधारण)को १ हजार ५३५ कित्ता र गणेश राज रेग्मी (सर्वसाधारण)को ७४० कित्ता शेयर स्वामित्वमा रहेको छ ।
गत असार २९ गते कम्पनीको अघिल्लो वार्षिक साधारण सभा अर्थात् १७औं साधारण सभाबाट आव २०७७।७८ को लागि वितरित ९.५ प्रतिशत बोनस शेयरहरु समिक्षा आर्थिक वर्षमा सूचीकृत भइनसकेको हुँदा उल्लेखित शेयरसंख्यामा समावेश नगरिएको कम्पनीले जनाएको छ ।

साथै सर्वसाधारण समूतर्फबाट प्रतिनिधित्व गर्ने संचालक गणेश राज रेग्मीले संचालक पदबाट गत मंसिर १९ गते राजिनामा दिएकोमा हाल उक्त रिक्त पदको परिपूर्ति गर्न समेत बाँकी रहेको कम्पनीले जनाएको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स सगरमाथा इन्स्योरेन्स कम्पनीसँग गाभिने प्रक्रियामा रहेको छ । यी दुई कम्पनीबीच प्रारम्भिक सम्झौता भइसकेको छ । दुवैको फागुन ११ गते हुने वार्षिक साधारण सभाले सो सम्बन्धित सम्पूर्ण प्रस्तावहरु पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*