खानै नहुने बियर बजारमा छ्यापछ्याप्ती, टुबोर्ग, कार्लबर्ग लगायतका २७५७ कार्टुन बियर बरामद

५ फाल्गुन २०७९, शुक्रबार १०:३२

काठमाडौं । राजधानीसहित देशैभरिका बजारमा बिक्री वितरण भइरहेको बियरहरुको गुणस्तरीयतामाथि गम्भिर प्रश्न चिन्ह उठेको छ । बाणिज्य विभागले यही साताको मंगलबार र बुधबार गरेको बजार अनुगमनको क्रममा कार्लसबर्ग, टुबोर्ग लगायतका आधा दर्जन कम्पनीका वियर म्याद सकिएको अवस्थामा अर्थात खानै नहुने अवस्थामा खुलम खुल्ला बिक्री वितरण भइरहेको अवस्थामा बरामद गरेको छ ।

आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार बजार अनुगमनको क्रममा यही फागुन ३ गते सुरक्षित उपभोग्य अवधी सकिएर उपभोग गर्नै नहुने अवस्थाका टुबोर्ग, मुस्ताङ, काल्सबर्ग, नेपाल आइस, बडवाईजर र गोर्खा ब्राण्डका ३५५ कार्टुन बियर नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाइएको छ । उक्त बियर ठूला पार्टी भोजमा लगेर खुवाउने ठाउँमा पठाउन लागिएको बुझिएको छ ।ठूलो होटल तथा भोजहरुमा उपभोक्ताले थाहा नपाउने गरी बिक्री वितरण गर्ने गरिएको तथ्य समेत उक्त घटनाले उजागर भएको छ ।

त्यस्तै, टुबोर्ग, सानमिगेन, गोर्खा प्रिमियम र काल्र्सबर्ग ब्राण्डको करिब ३०२ कार्टुन बियर सिनामंगलस्थित सिके ट्रेडिङ प्रा.लि.को गोदाममा बिक्रीका लागि राखिएको अवस्थामा बरामद गरिएको थियो । विभागले रात्रीकालिन व्यवसाय, भोज भत्तेर तथा शिक्षाको चेतना कम भएको ठाउँमा पुर्याएर बिक्री गर्ने गरिएको समेत खुलासा गर्दै उपभोक्ताहरुलाई उल्लेखित बियरहरुदेखि सचेत हुन भनेको छ ।

निरिक्षण अधिकृत कमल प्रसाद भुषालका अनुसार त्यसरी अखाद्य बियर बिक्री वितरण गरेको पाइएमा विभागको टोलफ्रि नं ११३७ मा सूचना दिन समेत भनिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*